सोमबार, असार २२, २०८३

फर्पिङको जितमा निरोजको ४ गोल

फर्पिङ स्पोर्ट्स डेभलपमेन्टले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजय सुरुआत गरेको छ। फर्पिङको जितमा निरोज श्रेष्ठले चार गोल गरेका छन्।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

काठमाडौं- फर्पिङ स्पोर्ट्स डेभलपमेन्टले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजय सुरुआत गरेको छ। फर्पिङको जितमा निरोज श्रेष्ठले चार गोल गरेका छन्। सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा फर्पिङले फुटबल फेलोसिपलाई ११-० ले हराएको हो।

यस्तै, गणेश लावतीले ३, निरकुमार राईले २ तथा अनिल गुरुङ्ग र सल्यान खड्गीले समान १-१ गोल गरे। फर्पिङका गणेश लावती प्लेअर अफ दी म्याच भए। 

लिगकप नकआउट प्रणालीमा खेलाइने यस प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गर्नेछन्। २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउने छन्। 

एउटा टिममा २० खेलाडी हुनेछन्। जसमा ३५ देखि ४० वर्ष उमेर सम्मका तीन खेलाडी हुनेछन्। बाँकी खेलाडी ४० वर्षभन्दा माथिको हुनु पर्नेछ। खेलको समयावधि ६० मिनेट (एक हाफ ३० मिनेटको हुनेछ।) खेलमा सात खेलाडी परिवर्तन गर्न पाइने छ। 

प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्ने छन्।  -न्युज कारखाना

प्रकाशित: Oct 25, 2021| 15:03 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।