बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वोच्चका न्यायाधीशहरुले भोलि प्रधानन्यायाधीश राणासँग छलफल गर्ने

सर्वोच्चका न्यायाधीशहरुले भोलि प्रधानन्यायाधीश राणासँग छलफल गर्ने

सर्वोच्च अदालतका न्यायाधीशहरूले मंगलबार प्रधानन्यायाधीशसँग न्यायालयमा देखिएको विवादका सम्बन्धमा छलफल गर्ने भएका छन्।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीशहरूले मंगलबार प्रधानन्यायाधीशसँग न्यायालयमा देखिएको विवादका सम्बन्धमा छलफल गर्ने भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सोमबारका लागि डाकेको फुल कोर्ट बहिष्कार गरेर भिन्नै छलफलमा जुटेका न्यायाधीशहरूले यस्तो निर्णय गरेका हुन्। उनीहरू न्यायालयमा देखिएका समस्याबारे प्रधानन्यायाधीश राणासँग संयुक्त रुपमा छलफल गर्नेछन्। ‘भोलि सबै न्यायाधीशले प्रधानन्यायाधीश जबरासँग भेटेर न्यायालयमा देखिएका समस्याबारे छलफल गर्ने निर्णय भएको छ’, एक न्यायाधीशले भने। 

सर्वोच्चका १४ जना न्यायाधीशले बहिष्कार गरेकाले फुलकोर्ट बैठक बस्न सकेन। प्रधानन्यायाधीश जबरा आफ्नो कार्यक्षमता र न्यायालयका विषयमा उठेका सबै विषय फुलकोर्टमै छलफल गर्ने योजनामा थिए।  १४ जना न्यायाधीशले बहिष्कार गरेकाले फुलकोर्ट बस्न नसकेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए।

प्रधानन्यायाधीश राणाले सोमबारका लागि सातवटा इजलासका लागि २१६ वटा मुद्दा सुनुवाइका लागि पेसी तोकेका थिए। आफूसँग असन्तुष्ट १२ जना न्यायाधीशका लागि मुद्दाको पेसी तोकेका राणाले आफूलाई भने इजलासमा मुद्दा तोकेका थिएनन्। १४ जना न्यायाधीश भिन्नै छलफलमा रहेका कारण सोमबार सर्वोच्च अदालतमा कुनै पनि मुद्दाको सुनुवाइ हुन सकेन। 

प्रकाशित: Oct 25, 2021| 14:54 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।