सोमबार, असार २२, २०८३

बाग्मती बाहिरियो, कनकाई दोस्रो चरणमा

झापाको कनकाई नगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

काठमाडौं- झापाको कनकाई नगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ। सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा सर्लाहीको बाग्मती नगरपालिकासँग १-१ को बराबरी खेल्दै कनकाई नकआउट चरणमा प्रवेश गरेको हो। 

कनकाईको लागि कुसुम खतिवडा र बाग्मतीकी सबिता भोलनले समान एक गोल गरेका छन्। खेल बराबरीमा अन्त्य भए पनि बाग्मतीलाई गोलअन्तरमा पछि पार्दै कनकाई समूह एबाट प्रतियोगितामा अघि बढेको हो। दुबै टोलीको दुई खेलबाट समान ७ अंक रहेको छ।

बाग्मतीले राष्ट्रिय टोलीका रेणुका नगरकोटे, रश्मीकुमारी घिसिङ र गीता राणालाई टोलीमा समावेश गरे पनि दोस्रो चरणमा स्थान बनाउन सकेन।

खेलमा कनकाईकी कुश्मा राई प्लेअर अफ दी म्याच बन्दै ट्रफी पाइन्। आजै समूह ‘बी’ अन्तर्गत कालिका नगरपालिका र ललितपुर नगरपालिकाबीच समूह विजेताको लागि प्रतिस्पर्धा हुनेछ। खेलको विजेता नकआउट चरणमा प्रवेश गर्नेछ।

प्रतियोगितामा सहभागी ३१ टिमलाई १० समूहमा विभाजन गरिएको छ। समुह ‘ए’ मा चार टीम र अन्य समुहमा तीन- तीन टीम रहेका छन्। प्रतियोगिताको विजेता र उपविजेता टोलीले राष्ट्रिय महिला लिग छनोट हुनेछन्। उपमेयर कपको विजेताले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पाउने छन्। साथै, फियर प्ले टिमले ५० हजार रुपैयाँ प्राप्त गर्ने छ। 

प्रकाशित: Oct 25, 2021| 14:48 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।