बिहीबार, भदौ ४, २०८३

पाँचथर बस दुर्घटना : घाइते दुई जनाको मृत्यु

पाँचथरको फिदिम नगरपालिका-४ सरखण्डेमा सोमबार भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

पाँचथर- पाँचथरको फिदिम नगरपालिका-४ सरखण्डेमा सोमबार भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ। उपचारका लागि समर्पित अस्पतालमा पुर्याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो। 

उनीहरूको सनाखत भने भएको छैन्। उनीहरुलाई भर्खरै मृत घोषित गरेको अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिए। दुर्घटनामा अन्य ६२ जना घाइते छन्। घाइतेमध्ये जिल्ला अस्पतालमा उपचाररत चार जनालाई झापा रिफर गरेको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिए। जिल्ला अस्पतालसहित समर्पित र पाथीभरा अस्पतालमा उपचाररत १० जनालाई थप उपचारका लागि रिफर गर्ने तयारी गरिएको छ। घाइतेमध्ये समर्पित अस्पालतमा उपचाररत तीन जना सामान्य उपचारपछि घर फर्केका छन्। 

पाँचथरको फिदिम नगरपालिका-४ शिवादोभानबाट झापाका लागि छुटेको को१ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका-४ शान्तिपुर (सरखण्ड)मा दिउँसो करिब ११ : ३० बजे सडकबाट झरेको थियो। अर्को सवारीको साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस करिब २० मिटर तल झरेको हो। दुर्घटनामा बसमा सवार सबै यात्रुहरू घाइते भएका थिए।   -न्युज कारखाना

प्रकाशित: Oct 25, 2021| 14:22 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।