मंगलबार, फागुन २६, २०८२

सुडानमा कू, प्रधानमन्त्रीलगायत मन्त्रीहरू नजरबन्दमा

सुडानमा सत्तापलट भएको छ। त्यहाँका प्रधानमन्त्री तथा मन्त्रीहरु गिरफ्तारीमा परेका छन् भने सडकमा सैनिक तैनाथ छन्।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

काठमाडौं– सुडानमा सत्तापलट भएको छ। त्यहाँका प्रधानमन्त्री तथा मन्त्रीहरु गिरफ्तारीमा परेका छन् भने सडकमा सैनिक तैनाथ छन्। 

National life

बीबीसीका अनुसार सैनिक कू पछि अन्तरिम सरकारका मन्त्री तथा उनीहरुका परिवारका सदस्य घरमै कैद गरिएका छन्। प्रधानमन्त्री अब्दुल्ला हमदोक तथा चारजना मन्त्री गिरफ्तारीमा परेका छन्। उनीहरुलाई सेनाले अज्ञात स्थलमा राखेको बताइएको छ।

सुडानको सेनाले पछिल्लो घटनाक्रमबारे केही बताएको छैन। लोकतन्त्र समर्थक समूहले मानिसहरुलाई विरोध प्रदर्शनका लागि सडकमा उत्रिन अपिल गरेको छ।

दुई वर्षअघि उमर अल–बशीरको सत्ता हटाएर अन्तरिम सरकार गठन भएको थियो। त्यतिखेर देखि नै सेना र सरकारबीच टकरावको स्थिति रहँदै आएको थियो। 

सैनिक कू पछि सुडानको राजधानी खार्तुममा इन्टरनेट बन्द गरिएको छ। सामाजिक सञ्जालमा सेयर भइरहेका भिडियोमा आक्रोशित मानिसहरु सडकमा टायर बालेर प्रदर्शन गरिरहेका देखिन्छन्।

Laxmi sunrise bank
kumari

समाचार एजेन्सी रोयटर्सले एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भनेको छ, ‘खार्तुमका सडकमा सेना तथा अर्धसैनिक बल तैनाथ गरिएको छ र मानिसहरुको आवतजावतमा नियन्त्रण गरिएको छ।’ खार्तुम विमानस्थल बन्द भएपछि अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिएका छन्।


प्रकाशित: Oct 25, 2021| 12:24 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।