बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पहिरोमा परेर निधन भएका खड्का परिवारलाई दुई लाख हस्तान्तरण

पहिरोमा परेर निधन भएका खड्का परिवारलाई दुई लाख हस्तान्तरण

अविरल वर्षापछि घरमाथिको भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएकी आलिताल गाउँपालिका-८ की ५० वर्षीया पार्वती खड्काका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

डडेल्धुरा- अविरल वर्षापछि घरमाथिको भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएकी आलिताल गाउँपालिका-८ की ५० वर्षीया पार्वती खड्काका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ।

सोमाबार डडेल्धुरा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले घरमै पुगेर पर्वतीका श्रीमान् धनबहादुर खड्कालाई दुई लाख रुयैयाँ राहत रकम हस्तान्तरण गरेका हुन्।

संघीय सरकारको मापदण्डअनुसार जिल्ला विपद् व्यवस्थापन समित डडेल्धुराले खड्का परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको थियो। सोहीअनुसार राहत रकम हस्तान्तरण गरिएको प्रजिअ जोशीले बताए।

गत बिहीबार दिउँसो घर नजिकै काम गरिरहेको बेला माथि भीरबाट एक्कासि खसेको ढुंगाले लागेर खड्का गम्भीर घाइते भएकी थिइन्। गम्भीर घाइते खड्काको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।   -न्युज कारखाना

प्रकाशित: Oct 25, 2021| 12:09 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।