बिहीबार, भदौ ४, २०८३

मङ्सिर र पुसमा बाघ गणनाको तयारी

राष्ट्रिय निकुञ्जमा आगामी मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ। नेपालमा हरेक चार/पाँच वर्षका अन्तरमा गणना गरिन्छ।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

चितवन- राष्ट्रिय निकुञ्जमा आगामी मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ। नेपालमा हरेक चार/पाँच वर्षका अन्तरमा गणना गरिन्छ।

यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी अगाडि बढाएको छ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्जमा गणना गरिन लागिएको हो। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार हिउँदको समयमा बाघ बाटोमा आउने हुँदा यो समय गणनाका लागि उपयुक्त मानिन्छ।

झाडी सुक्दै गएपछि बाघ घाँसे मैदानमा बस्ने हुँदा गणना कठिन हुने उनको भनाइ छ। उनले भने, 'पुस महिनाभित्रमा सम्पन्न गर्ने गरी बाघ गणना गर्ने तयारी गरिएको छ। क्याप्चर रिक्याप्चड विधिबाट बाघ गणना गरिन्छ।' दुई/दुई ग्रिडअर्थात् चार वर्ग किलोमिटरमा एक जोडी क्यामेरा राख्ने गरिन्छ। कम्तिमा दुई हप्ता क्यामेरा राख्नुपर्ने उनको भनाइ छ।

चितवन र पर्सालाई एउटा कम्प्लेक्स, बाँके र बर्दियालाई दोस्रो कम्प्लेक्स र शुक्ला र नजिकैको लालझाडी क्षेत्रलाई तेस्रो कम्प्लेक्स बनाएर गणना गरिँदै छ। सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ बयस्क बाघ फेला परेका थिए। तत्कालीन समयमा चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए। यो सङ्ख्या बढेको अनुमान छ।

सन् २०१० मा रसियाको सेन्ट पिटर्सबग भएको बाघ पाइने १३ मुलुकका राष्ट्र प्रमुखको बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या २५० पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको थियो। 

तत्कालीन समयमा नेपालका निकुञ्जमा १२१ बाघ रहेको तथ्याङ्क थियो। दोब्बरभन्दा बढी सङ्ख्या बनाउने नेपालको प्रतिबद्धता पूरा हुनेमा संरक्षण विधि विश्वस्त छन्। नेपालमा हरेक चार/पाँच वर्षको अन्तरमा बाघ गणना गर्ने गरिन्छ। 

- रासस

प्रकाशित: Oct 25, 2021| 11:31 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।