बिहीबार, भदौ ४, २०८३

मोटरसाइकल आगजनी आरोपमा एक युवक पक्राउ

मोटरसाइकलमा आगजनी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

सिरहा- मोटरसाइकलमा आगजनी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

मिर्चैया नगरपालिका–१० का निर्मलकुमार मण्डलको स४प ४३३७ नम्बरको मोटरसाइकलमा आगजनी गरेको आरोपमा स्थानीय ३३ वर्षीय दिपक साहलाई प्रहरीले आइतबार बेलुका पक्राउ गरेको हो।

मण्डलले आफ्नै घर अगाडि सार्वजानिक भवनमा पार्किङ गरी राखेको मोटरसाइकलमा गत २६ असोजमा राति आगजनी भएको थियो।

पक्राउ परेका साहले व्यक्तिगत रिसइबीका कारण पेट्रोल छर्केर आगजानी गरेको प्रहरीसामु स्वीकार गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन्। 

पक्राउ परेको साहमाथि म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाउने प्रहरीले बताएको छ।

प्रकाशित: Oct 25, 2021| 11:10 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।