बिहीबार, भदौ ४, २०८३

कांग्रेस नेता लेखकले भेटे कञ्चनपुरका बाढी पीडित

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रमेश लेखकले कञ्चनपुरका बाढी पीडितसँग भेटघाट गरेका छन्। आइतबार कञ्चनपुरको बाढीग्रस्त क्षेत्रमा पुगेर उनले बाढी पीडितहरूसँग भेट गरेका हुन्।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रमेश लेखकले कञ्चनपुरका बाढी पीडितसँग भेटघाट गरेका छन्। आइतबार कञ्चनपुरको बाढीग्रस्त क्षेत्रमा पुगेर उनले बाढी पीडितहरूसँग भेट गरेका हुन्।

कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाका कारण कञ्चनपुरको दोधराचाँदनी तथा भीमदत्त नगरपालिकाका केही स्थानमा ठूलो जनधनको क्षति भएको छ। बाढीबाट सबभन्दा बढी क्षति भएको दोधराचाँदनीको वडा नम्बर ८, ९ र १० मा भएको छ। उनले त्यहाँ पुगेर बाढी पीडितसँग भेट गर्दै आफूले राहत उपलब्ध गराउन सक्दो पहल गर्ने बताए।

तत्काल राहतको लागि सरकार तथा सरोकारवालासँग पहल गर्ने र दीर्घकालीन रूपमा महाकालीमा बाँध निर्माण भएका ठाउँमा बाँधको उचाइ बढाउने लेखकले बताए।

त्यस्तै बाँध नभएका ठाउँमा बाँध निर्माणका लागि पहल गर्ने प्रतिबद्धतासमेत नेता लेखकले व्यक्त गरेका छन्।

कञ्चानपुरमा बाढीका कारण करोडौंको धानबाली नष्ट भएको र कयौं घरबार विहीन भएका छन्। उनीहरूले नेता लेखकसँग तत्काल राहत, पुनर्स्थापना र दीर्घकालीन रूपमा बस्ती जोगाउनका लागि पहल गरिदिन आग्रह गरेका थिए।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासमेतको टोलीले गत कात्तिक ४ गते बाढी पीडित उक्त क्षेत्रमा पुगेको थियो।

प्रकाशित: Oct 25, 2021| 11:06 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।