बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल बारको बैठक बस्दै, प्रधान्यायाधीशको कार्यशैलीबारे छलफल हुने

नेपाल बारको बैठक बस्दै, प्रधान्यायाधीशको कार्यशैलीबारे छलफल हुने

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यशैली विषय पेचिलो बनिरहेका बेला नेपाल बार एसोसिएसन पनि छलफलमा जुटेको छ।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यशैली विषय पेचिलो बनिरहेका बेला नेपाल बार एसोसिएसन पनि छलफलमा जुटेको छ।

पछिल्लो विकसित घटनाबारे छलफल गर्न बारका पदाधिकारीबीच बिहान ११ बजे बैठक बस्न लागेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए।

प्रधानन्यायाधीश जबराले आइतबार मात्र बार र न्यायाधीशसँग छुट्टाछुट्टै बैठक गरेर सोमबारका लागि फुलकोर्ट डाकेका थिए। तर, १४ न्यायाधीशले फुलकोर्ट बहिस्कारको निर्णय लिएपछि विषय थप पेचिलो बन्दै गएको हो। 

प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भागवण्डा लिएपछि उनीप्रति चौतर्फी प्रश्न उठ्न थालेको हो। यसबाहेक गोलाप्रथाबाट पेसी तोक्ने निर्णय कार्यान्वयन नभएपछि बारका पदाधिकारी पनि असन्तुष्ट छन्।

पूर्वन्यायाधीशहरूको फोरम र नेपाल बार एसोसिएसनले जबराले मार्गप्रशस्त गर्नुपर्ने विषय उठाउँदै आएको छ।  -न्युज कारखाना

प्रकाशित: Oct 25, 2021| 10:19 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।