बिहीबार, भदौ ४, २०८३

फाइजर खोप नेपाल आइपुग्यो

अमेरिकाले नेपाललाई अनुदानस्वरुप प्रदान गरेको कोभिडविरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

काठमाडौं– अमेरिकाले नेपाललाई अनुदानस्वरुप प्रदान गरेको कोभिडविरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ। अमेरिकाले अनुदानस्वरुप दिएको १ लाख ६२० डोज खोप आज बिहान कतार एयरवेजको विमानमार्फत काठमाडौं आइपुगेको हो। 

यो खोप १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। अमेरिकाले यसअघि जुलाईमा १० जोनसन एन्ड जोनसनको १० लाख ५३ हजार डोज खोप सहयोग गरेको थियो। 

पहिलो पटक नेपाल भित्रिएको यो खोप अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध गराएको हो। माइनस ७० डिग्री तापक्रममा राख्नुपर्ने यो खोपका लागि आपूर्ति शाखामा ४ वटा वटा फ्रिज ल्याएर तयारी अवस्थामा राखिएको छ।

१२ वर्षमाथि र १८ वर्षमुनिका बालबालिकालाई लगाउन मिल्ने सो खोप अस्पतालमा उपचाररत क्यान्सर, मुटु, मधुमेह, दम, एचआईभीलगायतका रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई पहिलो प्राथमिकता राख्दै लगाइने छ। ज्येष्ठ नागरिक पनि खोपको प्राथमिकतामा छन्।

प्रकाशित: Oct 25, 2021| 09:51 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।