सोमबार, असार २२, २०८३

समूह विजेताका लागि कनकाई र बागमतीको प्रतिस्पर्धा

झापाको कनकाइ नगरपालिका र सर्लाहीको बागमती नगरपालिकाबीच उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको समूह 'ए' विजेताको लागि प्रतिस्पर्धा हुँदैछ।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

काठमाडौं- झापाको कनकाइ नगरपालिका र सर्लाहीको बागमती नगरपालिकाबीच उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको समूह 'ए'  विजेताको लागि प्रतिस्पर्धा हुँदैछ। 

सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने दिनको दोस्रो खेलमा दुई टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो। खेल मध्यान्ह १२ बजे हुनेछ। 

समूह ‘ए’ मा दुवै टोलीले दुई खेलबाट समान ६ अंक जोडेका छन्। यो खेलको विजेता समूह विजेता बन्दै नकआउट चरणमा पुग्नेछ। यदि बराबरीले भने गोल अन्तरका आधारमा कनकाई नकआउट चरणमा स्थान बनाउनेछ।

दिनको पहिलो खेलमा बिहान ९ बजेपछि महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिका आमुनेसामुने हुनेछन्। दुई टोलीबीच प्रतिष्ठाको लडाइँ हुनेछ।  दुवै टोली अंकविहीन रहँदै समूह चरणबाट यसअघि नै बाहिरिसकेका छन्। त्यसैले दुबै टोली पहिलो जितको खोजीमा हुनेछन्। 

अन्तिम खेलमा दिउँसो ३ बजे समूह ‘बी’ अन्तर्गत कालिका नगरपालिका र ललितपुर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ। यस खेलको विजेताले समूह विजेता बन्दै नकआउट चरणमा स्थान पक्का गर्नेछ। 

कालिका र ललितपुर नगरपालिकाले एक खेलबाट समान ३ अंक जोडेका छन् र समान १० गोल पनि रहेको छ।  यस समूहबाट कागेश्वरी नगरपालिका दुई खेलमा अंकविहीन रहँदै समूह चरणबाट बाहिरिसकेको छ। 

यसअघि समूह ‘डी’ अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका र समूह ‘सी’ अन्तर्गत बर्दियाको बाँसगढी नगरपालिकाले शतप्रतिशत जितसहित नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका छन्। 

उपमेयर कपको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन्। प्रतियोगितामा सहभागी ३१ टोलीलाई १० समूहमा विभाजन गरिएको छ।  यस्तै प्रतियोगिताको विजेताले पाँच लाख रुपैंया र उपविजेताले तीन लाख रुपैंया प्राप्त गर्नेछन्।  -न्युज कारखाना

प्रकाशित: Oct 25, 2021| 09:48 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।