बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाललाई धर्म सापेक्ष बनाउन भैरहवामा धार्मिक कार्यक्रम

नेपाललाई धर्म सापेक्ष बनाउन भैरहवामा धार्मिक कार्यक्रम

सनातन धर्मको उद्गमस्थल मानिएको नेपाललाई धर्म सापेक्ष राष्ट्र बनाउन पहल गर्ने उद्देश्यसहित भैरहवा आएका जगद्गुरु शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वतीले सोमबारदेखि धार्मिक प्रवचन दिँदै छन्।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

बुटवल- सनातन धर्मको उद्गमस्थल मानिएको नेपाललाई धर्म सापेक्ष राष्ट्र बनाउन पहल गर्ने उद्देश्यसहित भैरहवा आएका जगद्गुरु शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वतीले सोमबारदेखि धार्मिक प्रवचन दिँदै छन्।  

आइतबार भैरहवा आइपुगेका शंकराचार्यले सोमबार, मंगलबार र बुधबार तीन दिन भैरहवामा धार्मिक प्रवचन दिने र बुधबार नै भारत फर्किने कार्यक्रम छ।  

जगदगुरुको भ्रमणको मूख्य उद्देश्य नेपालमा हिन्दु धर्मको प्रचारप्रसार गर्नु र धर्म निरपेक्ष रहेको नेपाललाई हिन्दु राष्ट्र कायम गराउन पहल गर्ने रहेको आयोजकको भनाइ छ।  हिन्दु धर्मको उद्गमस्थल रहेको नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्ने ब्यासाचार्य किशोर गौतमको भनाइ छ।

नेपालमै हिन्दु धर्ममाथि धार्मिक आक्रमण भइरहेको उनको भनाइ छ।  भैरहवामा हुने ‘आध्यात्मिक जागरण विराट एकता धर्म सभा’मा भाग लिन सबैमा ब्यासाचार्य गौतमले आग्रह गरेका छन्।

विश्व ओमकार एकता महाअभियानको आयोजनामा हुने कार्यक्रममा नेपालका धर्मगुरुहरू डा. चिन्तामणि योगी, ज्ञानानन्द स्वामी महाराज, आत्मानन्द गिरी महाराज, रमणा गिरीलगायत भारतबाट पनि १५ जनाभन्दा बढी धर्मगुरुहरूको सहभागिता छ। 

यस अतिरिक्त ओमकार समाजमा रहेका बौद्ध, जैन, शिख धर्म लगायतका धर्मगुरुहरू पनि कार्यक्रममा भाग लिने आयोजकको भनाइ छ।

जगतगुरु शंकराचार्यले सनातन धर्मको रक्षा र प्रचारप्रसार गर्न चार दिशामा चार पीठ स्थापना गरेका थिए। चारवटा पिठमा चार जना नै शंकराचार्य छन्। भैरहवा आइपुगेका शंकराचार्य गोवद्र्धन धामका वर्तमान पिठाधीश हुन्। -न्युज कारखाना

प्रकाशित: Oct 25, 2021| 09:20 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।