बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘उत्कृष्ट पुरस्कार'को भोलिपल्टै डीएसपीको सरुवा, गृहमन्त्रीको ठाडो निर्देशन

‘उत्कृष्ट पुरस्कार'को भोलिपल्टै डीएसपीको सरुवा, गृहमन्त्रीको ठाडो निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरकाे सरुवा भएको छ।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

बुटवल- गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरकाे  सरुवा भएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शनिबार मात्र कुँवरसहित तीन प्रहरी अधिकृतलाई असोज महिनाका  ‘इन्टिग्रेटी इन्चार्ज  अफ मन्थ अवार्ड’ बाट पुरस्कृत गरेको थियो।

तर, कुँवरले प्रमाणपत्र बुझेको २४ घन्टा नबित्दै सरुवा परेका हुन्। उनी ४ महिनाअघि मात्रै इलाका प्रहरी कार्यालय बुटवलमा आएका थिए। 

डिएसपी कुँवरले गृहमन्त्री बालकृष्ण खाँणका भाइ रूपन्देहीका कांग्रेस नेता रामकृष्ण खाँणलाई रिझाउन नसक्दा सरुवा भएको एक प्रहरी अधिकृतको दाबी छ।

वरलाई हटाएर गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय बेलचौतारा तनहुँका डीएसपी ठगबहादुर केसीलाई बुटवल ल्याइएको छ। प्रहरी स्राेतका अनुसार केसी गृहमन्त्री खाँण निकट हुन्। रुपन्देही खाँणको गृहजिल्ला हो।

मोतिपुर घटनामा चार जनाको मृत्यु र तिलोत्तमामा खाँणकै छिमेकी सीता भण्डारीको मृत्यु प्रकरणमा ४५ दिन शव उठेन। यी प्रकरणमा भएक आन्दाेलनमा गृहमन्त्रीको आलोचना भएपछि कांग्रेस नेताहरू कुँवरसँग रुष्ट बनेका थिए। मोतिपुर जग्गा कब्जामा नाम जोडिएका कांग्रेस नेताहरू पक्राउ परेपछि कांग्रेस कार्यकर्ताले गृहमन्त्रीसँग गुनासो गरेका थिए।

महानगरीय प्रहरी वृत्त दरवारमार्गका डीएसपी रामेश्वर पौडेललाई हटाएर विश्वराज खड्कालाई जिम्मेवारी दिइएको छ।  पौडेललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा सरुवा गरिएको छ।

- न्युज कारखाना

प्रकाशित: Oct 25, 2021| 08:59 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।