सोमबार, असार २२, २०८३

युभेन्टस र इन्टरको बराबरी, रोमा र नापोलीले गोल गर्न सकेनन्

इटालियन फुटबल लिग सिरी ए अन्तर्गत आइतबार राति सम्पन्न खेलमा युभेन्टस र इन्टर मिलान १-१ गोलको बराबरीमा रोकिएका छन्।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

काठमाडौं- इटालियन फुटबल लिग सिरी ए अन्तर्गत आइतबार राति सम्पन्न खेलमा युभेन्टस र इन्टर मिलान १-१ गोलको बराबरीमा रोकिएका छन्।

इन्टर मिलानको सान सिरो मैदानमा आइतबार राति सम्पन्न खेलमा यी दुवै टोलीले बराबरी गर्दै १-१ अंक बाँडेका हुन्।

१७औं मिनेटमा गोल गर्दै घरेलु टिमका इडिन जेकोले खेलमा अग्रता बनाएका थिए। तर, निर्धारित समय सकिन १ मिनेटअघि फरवार्ड पाउलो डिबालाले पेनाल्टीमा पाएको अवसरलाई सदुपयोग गर्दै खेललाई बराबरीमा ल्याए।

त्यस्तै, आइतबार रातिकै अर्को खेलमा रोमा र नापोलीले गोलरहित बराबरी खेलेका छन्। रोमाको मैदानमा भएको खेलमा नापोलीले घरेलु टिमविरुद्ध पकड जमाए पनि गोल गर्न भने सकेन।

यससँगै यी दुई टिमले पनि १-१ अंक बाँडेका छन्। अहिले तालिकामा २५ अंक बनाएर नापोली शीर्षस्थानमा छ भने दोस्रो स्थानका एसी मिलानका पनि समान २५ अंक छ।

१८ अंक बनाएको इन्टर तेस्रो स्थानमा रहँदा १६ अंकका साथ रोमा चौथो स्थानमा छ। १५ अंकसँगै युभेन्टस छैटौं  स्थानमा छ।

प्रकाशित: Oct 25, 2021| 08:00 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।