आइतबार, माघ ४, २०८२

१० खेलाडीमा समेटिएको पीएसजी मार्सेल्लीसँग बराबरीमा रोकियो

फ्रान्सको शीर्ष डिभिजनको फुटबल लिग वानमा पेरिस सेन्ट जर्मेन पीएसजी निकट प्रतिद्वन्द्वी क्लब मार्सेल्लीसँग बराबरीमा रोकिएको छ।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

काठमाडौं- फ्रान्सको शीर्ष डिभिजनको फुटबल लिग वानमा पेरिस सेन्ट जर्मेन पीएसजी निकट प्रतिद्वन्द्वी क्लब मार्सेल्लीसँग बराबरीमा रोकिएको छ। मार्सेल्लीको मैदानमा आइतबार राति सम्पन्न खेलमा पीएसजीले घरेलु टिमसँग गोलरहित बराबरी खेलेको हो।

National life

खेलको ५७औं मिनेटमा पीएसजीका डिफेन्डर आर्चिफ हाकिमीले सिधा रातो कार्ड पाएपछि उनी मैदानबाट बाहिरिएका थिए। त्यसपछि पीएसजी १० खेलाडीमा समेटियो।

१० खेलाडीमा समेटिए पनि ५२ प्रतिशत समय बलमा नियन्त्रण बनाएको पीएसजीले मार्सेल्लीको पोस्टतर्फ १० प्रहार गरेको थियो। पीएसजीले सुरुआति रोजाइमा अग्रभागमा केलियन एम्बाप्पेसहित, नेयमार, लियोनेल मेस्सी र डि मारियालाई उतारे पनि उनीहरूले गोल गर्न सकेनन्।

यता पोस्ट अटेम्प्टमा घरेलु टिम अघि रह्यो। मार्सेल्लीले पीएसजीको पोस्टतर्फ १५ प्रहार गरे पनि उसले गोल गर्न सकेन।

यो बराबरीसँगै पीएसजी शीर्षस्थानमा कायम छ। मार्सेल्ली भने १८ अंकका साथ चौथो स्थानमा छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 25, 2021| 07:35 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।