काठमाडौं- इंग्लिस प्रिमियर लिग (ईपीएल)मा वेस्ट हामसँग टोटेनहम हट्स्पर पराजित भएको छ। वेस्ट हामको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम टोटेनहमले १–० गोलको हार बेहोरेको हो।
वेस्ट हामको जितका लागि काइकली एन्टोनियोल गोल गरे। पहिलो हाफमा गोलरहित बराबरी भए पनि दोस्रो हाफमा वेस्ट हामले गोल गर्दै जित निकाल्यो।
टोटेनहममले खेल अवधिभर ६३ प्रतिसय समय बलमा नियन्त्रण बनाएर विपक्षीको पोस्टमा ७ गोल गरे पनि उसले जित निकाल्न सकेन। यता ३७ प्रतिशत समय बलमा नियन्त्रण बनाए पनि वेस्ट हामले टोटेनहमको पोस्टमा १३ अटेम्पट गरेको थियो।
आइतबार रातिको जितसँगै वेस्ट हाम चौथौँ स्थानमा उक्लिएको छ भने टोटेनहम १५ अंकका साथ छैटौं स्थानमा छ।