आइतबार, माघ ४, २०८२

भारतविरुद्ध पाकिस्तानको २९ वर्षे पराजयको यात्रा समाप्त

आईसीसी विश्वकपमा पाकिस्तानले भारतसँगको २९ वर्षे हारको यात्रा टुंग्याएको छ। आइतबार राति दुवईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टी २० विश्वकपमा पाकिस्तानले भारतविरुद्ध १० विकेटको जित निकालेको हो।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

काठमाडौं- आईसीसी विश्वकपमा पाकिस्तानले भारतसँगको २९ वर्षे हारको यात्रा टुंग्याएको छ। आइतबार राति दुवईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टी २० विश्वकपमा पाकिस्तानले भारतविरुद्ध १० विकेटको जित निकालेको हो।

National life

विश्वकपमा भारतले पाकिस्तानलाई १५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। भारतले पुरा ओभर खेल्दै सात विकेटको क्षतिमा १५१ रन बनायो। १५२ रनको लक्ष्यका साथ मैदान उत्रिएको पाकिस्तानले १३ बल बाँकी रहँदै कुनै पनि विकेट नगुमाई लक्ष्य भेट्टायो।

टस हारेर ब्याटिङको निम्तो पाएको भारतले १५१ रन बनाउँदा ओपनर रोहित शर्मा र केएल राहुलले भने निराशाजनक प्रदर्शन गरे। उनीहरू क्रमशः शुन्य र तीन रनमै आउट भए।

यससँगै भारतले तेस्रो ओभरको सुरुमै ६ रन बनाएर दुई विकेट गुमाएको थियो। भारतका लागि कप्तान विराट कोहलील ४९ बलमा ५७ रन बनाए भने ऋषभ पन्तल ३९ रन बनाए।

कोहलीले चार चौका र एक छक्का हाने। त्यस्तै पन्तले दुई चौका र दुई छक्का हाने। रविन्द्र जाडेजाले १३ र हार्दिक पाण्ड्याले ११ रन बनाए।

Laxmi sunrise bank
kumari

यता पाकिस्तानका शहिन साह अफ्रिदीले ३ विकेट लिए। त्यस्तै, हसन अलीले दुई र शदाब खान र अरिस रौफले समान १–१ विकेट गिराए।

जवाफी ब्याटिङमा पाकिस्तानका ओपनरले १५२ रनको  साझेदारी गरे। जहाँ मोहम्मद रिवाजले ७९ रन बनाए भने कप्तान बाबर अजामले ६८ रनको योगदान दिए। उनीहरुले पाँच रन अतिरिक्त प्राप्त गरे।

यो जितसँगै समूह २ मा पाकिस्तानले २ अंक जोडेको छ। यता,२९ वर्षे इतिहासमा पास्तिानले भारतसँग हारको शृंखला पनि तोडेको छ। अन्य प्रतियोगितामा पाकिस्तानले जित निकाले पनि अहिलेसम्म विश्वकपमा भने भारतलाई हराउन सकेको थिएन।

तर, आइतरबार राति पाकिस्तानका बलरसामू भारतीय खेलाडीले खुलेर खेल्न सकेनन्। जवाफमा पाकिस्तानले भने सानदार प्रदर्शन गर्‍यो। 

बलिङमा भारतका भुवनेश्वर कुमार, मोहम्मद शामी, जसप्रित बुमराह, वरुण चक्रवर्ती र राविन्द्र जाडेजा विकेट विहिन भए।

खेलमा भारतको तीन विकेट गिराउन सफल सहिन साह अफ्रिदी प्लेयर अफ दि म्याच भए।

प्रकाशित: Oct 25, 2021| 06:23 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।