सोमबार, असार २२, २०८३

एल क्लासिकोमा रियल मड्रिडको ऐतिहासिक जित

स्पेनिस शीर्ष डिभिजनको फुटबल लिग ला लिगाअन्तर्गत भर्खरै सम्पन्ने एल क्लासिको खेलमा रियल मड्रिडले जित निकालेको छ।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

काठमाडौं- स्पेनिस शीर्ष डिभिजनको फुटबल लिग ला लिगाअन्तर्गत भर्खरै सम्पन्ने एल क्लासिको खेलमा रियल मड्रिडले जित निकालेको छ।

बार्सिलोनाको मैदानमा क्याम्प नोउमा भर्खरै सम्पन्न खेलमा पाहना टिम रियल मड्रिडले २–१ जित निकालेको हो।

खेलको ३२ औं मिनेटमा रोड्रिगोले दिएको पासको सदुपयोग गर्दै डेविड अल्वाले गोल गरेका थिए। उनको गोलसँगै एक गोलले अग्रता बनाएको रियलले सोहि अग्रता खेलको अन्तिम समयसम्म कायम राखेको थियो।

तर खेलको अन्त्य नाटकियर रुपमा भयो। खेलको स्टपेज समयमा दुवै तर्फबाट समान १–१ गोल भयो। इन्ज्युरी समयको तेस्रो मिनेटमा रियलका लुकास भाज्क्वेसले गोल गरे भने इज्युरी समयको सातौं मिनेटमा बार्सिलोनाका सर्जियो अग्युरोले गोल गरे।

यससँगै खेलको नतिजा २–१ गेलअन्तर भएको थियो। खेल अवधभिर ४८ प्रतिसत समय बलमा नियन्त्रण बनाएको रियलले बार्सिलोनोको पोस्टमा १० प्रहार गरेको थियो। त्यसमध्ये उसका तीन प्रहार पोस्टको सहि दिशामा थिए।

यता बार्सिलोनाले खेल अवधिभर १२ पटक प्रहार गरेको थियो। यससँगै रियल मड्रिडले बार्सिलोनासँग सन् १९६५ पछि चार खेलको अपराजित यात्रा पार गरेको छ। र, आजको जितसँगै रियल ला लिगाको शीर्षस्थानमा उक्लिएको छ। उसले ९ खेलबाट २० अंक जोडेको छ।

बार्सिलोनाले भने ९ खेलबाट १५ अंक जोडेको छ। बार्सिलोना आठौं स्थानम छ।

प्रकाशित: Oct 24, 2021| 22:18 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।