काठमाडौं- जारी आईसीसी टी २० विश्वकपमा भारतले पाकिस्तानलाई १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ। दुवई अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलमा भारतले पुरा ओभर खेल्दै सात विकेटको क्षतिमा १५१ रन बनाएर १५२ रनको लक्ष्य प्रस्तुत गरेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको भारतले १५१ रन बनाउँदा ओपनर रोहित शर्मा र केएल राहुलले भने निराशाजनक प्रदर्शन गरे। उनीहरु क्रमशः शुन्य र तीन रनमै आउट भए।
यससँगै भारतले तेस्रो ओभरको सुरुमै ६ रन बनाएर दुई विकेट गुमाएको थियो। भारतका लागि कप्तान विराट कोहलील ४९ बलमा ५७ रन बनाए भने ऋषभ पन्तल ३९ रन बनाए।
कोहलीले चार चौका र एक छक्का हाने। त्यस्तै पन्तले दुई चौका र दुई छक्का हाने। रविन्द्र जाडेजाले १३ र हार्दिक पाण्ड्याले ११ रन बनाए।
यता पाकिस्तानका शहिन साह अफ्रिदीले ३ विकेट लिए। त्यस्तै, हसन अलीले दुई र शदाब खान र अरिस रौफले समान १–१ विकेट गिराए।