बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्यटन प्रबर्द्धनका लागि नेपाल र भारतबीच सहकार्य गरिने

पर्यटन प्रबर्द्धनका लागि नेपाल र भारतबीच सहकार्य गरिने

नयाँ दिल्लीमा यही अक्टोबर २२ तारिखमा आयोजित एक कार्यक्रमबीच बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी टाईका अध्यक्ष ज्योति मायालले उक्त सम्झौतामा हस्ताक्षर गरेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

काठमाडौं- नेपाल र भारतबीच दुबै देशको पर्यटन प्रबर्द्धनका लागि सहकार्य गरिने भएको छ। उक्त प्रयोजनका निम्ति नेपाल पर्यटन बोर्ड र भारतको ट्राभल एजेन्टस् एशोसिएशन अफ इण्डिया (टाई) बीच दुई देशीय पर्यटन प्रबर्द्धन‍का लागि आपसी सहकार्य गर्ने सम्झौता गरिएको हो।

नयाँ दिल्लीमा यही अक्टोबर २२ तारिखमा आयोजित एक कार्यक्रमबीच बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी टाईका अध्यक्ष ज्योति मायालले उक्त सम्झौतामा हस्ताक्षर गरेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ।  

सम्झौताअनुसार बोर्ड तथा टाइले आयोजना गर्ने पर्यटन प्रबर्द्धनका विभिन्‍न ‘इभेन्ट’,‘रोड सो’, वेबिनार जस्ता कार्यक्रममा आपसी सहकार्य गर्ने तथा दुबै देशमा आयोजना हुने राष्ट्रिय तथा क्षेत्रीय कार्यक्रम, ट्राभल मार्ट जस्ता कार्यक्रममा आमन्त्रण गर्नेलगायतका विषय समावेश छन्। 

भारत नेपालका प्रमुख पर्यटकीय स्रोत बजार रहेकाले यस सम्झौताले नेपालको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्‍ने बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले बताए। उनले एक अर्को देशमा भएका पर्यटन प्रबर्द्धनका राम्रा अभ्यास आदानप्रदान गर्दा दुबै देशको पर्यटन प्रबर्द्धनमासमेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। - रासस


प्रकाशित: Oct 24, 2021| 22:00 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।