सोमबार, असार २२, २०८३

टी२० विश्वकप : भानुका र चरिथाको जोडीले दिलायो श्रीलंकालाई जित

नौ ओभर चार बलमा चार विकेट गुमाएर ७९ रन बनाएको अवस्थाबाट ८६ रनको साझेदारी गर्दै चरिथा असलंका र भानुका राजापक्षले श्रीलंकालाई जित दिलाएका छन्।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

काठमाडौं- नौ ओभर चार बलमा चार विकेट गुमाएर ७९ रन बनाएको अवस्थाबाट ८६ रनको साझेदारी गर्दै चरिथा असलंका र भानुका राजापक्षले श्रीलंकालाई जित दिलाएका छन्।

आईसीसी टी २० विश्वकपअन्तर्गत आइतबार राति सम्पन्न खेलमा श्रीलंकाले बंगलादेशविरुद्ध ५ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित पुरा ओभर खेल्दै चार विकेटको क्षतिमा १७१ रन बनाएको थियो। 

सो जितका लागि श्रीलंका असलंकाले ४९ बलमा ८० रन बनाए। सानदार पारी खेलेका उनले पाँच चौका र पाँच छक्का प्रहार गरे। श्रीलंकाको जितका लागि भानुकाले पनि ३१ ब्लमा ५३ रन जोडे भने पठुम निसांकले २४ रनको योगदान दिए। भानुकाले तीन चौकार र तीन छक्का प्रहार गरेका थिए।

बलिङतर्फ बंगलादेशका शकिब अल हसन र नसुम अहमदले समान दुईदुई विकेट लिए भने मोहम्मद सौफुद्दिन १ विकेट लिए। त्यसअघि पहिलो पारीमा बंगलादेशका लागि मोहम्मद नैम र मुश्फिकुर रहमानले अर्धशतकीय पारी खेले। नैमले ५२ बलमा ६२ रन बनाए भने रहिमले ३७ बलमा ५७ रन बनाए। त्यस्तै लिन्टन दासले १६ रन जोडे।

बलिङतर्फ चम्मिका गुणरत्‍ने, बिनुरा फर्नान्डो र लाहिरु कुमाराले समान १–१ विकेट गिराए। यो जितसँगै समूह १ को पहिलो चरणको खेल सकिएको छ। जहाँ शनिबारका पहिलो दुई खेलमा इंग्ल्यान्ड र अष्ट्रेलियाले जित निकालेका छन्।

अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएको थियो भने इंङ्ल्यान्डले वेस्ट इन्डिजलाई हराएको थियो। आजकै अर्को खेलमा भारतले पाकिस्तानको सामना गर्नेछ।

प्रकाशित: Oct 24, 2021| 19:30 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।