मंगलबार, फागुन २६, २०८२

रुसमा संक्रमण बढ्यो, एकैदिन एक हजारभन्दा बढीको मृत्यु

रुसमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण निकै बढ्दै गएको देखिएको छ।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

National life
Laxmi sunrise bank
kumari

मस्को- रुसमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण निकै बढ्दै गएको देखिएको छ। यहाँ एकैदिनमा अहिलेसम्मकै सबैभन्दा बढीको संक्रमणबाट मृत्यु भएको छ। रुसका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा त्यहाँ १ हजार ७५ जनाको ज्यान गएको छ। यो संख्या यहाँ कोरोना भाइरसको संक्रमण सुरु भएपछिकै सबैभन्दा बढी हो। 

यहाँ यो भाइरसको संक्रमणबाट २ लाख २९ हजार ५२८ जनाको ज्यान गएको छ। रुसका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तामा यहाँ भाइरसबाट ज्यान जानेहरुको संख्या बढ्दो रहेको छ। शनिबार यहाँ ३७ हजार ६७८ जना यो संक्रमणबाट सङ्क्रमित भएको जनाइएको छ। यो समेत गरी रुसमा ८२ लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका छन्। 

प्रकाशित: Oct 25, 2021| 00:00 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।