बिहीबार, भदौ ४, २०८३

डोल्पाको भेत्तिमा जिप दुर्घटना, ९ जना घाइते

डोल्पा सदरमुकाम दुनैबाट त्रिपुरासुन्दरी नगरपालिका-३ सुँपानीतर्फ आउँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

जाजरकोट- डोल्पा सदरमुकाम दुनैबाट त्रिपुरासुन्दरी नगरपालिका-३ सुँपानीतर्फ आउँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।

घाइते हुनेहरूमा मकवानपुरको हेटौंडा नगरपालिका-९ का ३८ वर्षीय विष्णु श्रेष्ठ, ३८ वर्षीय अशोक सारुमगर, ११ बस्ने २२ वर्षीय बुद्धवीर लामा, ४ बस्ने ३९ वर्षीय सुरेश श्रेष्ठ, ३८ वर्षीय रमेश गौतम, १० बस्ने ३६ वर्षीय सुशील राज गिरी, ९ बस्ने ३१ वर्षीय जीवन शर्मा, ७ बस्ने ३८ वर्षीय किरण अधिकारी र चालक ठूलीभेरी नगरपालिका-९ डोल्पाका २० वर्षीय जुनकोष शाही रहेका छन्।

भे१ज ९७५ नम्बरको बोलेरो जिप ठूलीभेरीनपा-९ स्थित भेत्तिमा स्टेरिङ फेल भई सडकबाट अन्दाजी १५ मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए। 

घाइते मध्ये विष्णु श्रेष्ठ, अशोक सारुमगर र बुद्धवीर लामाको हात, मुख तथा खुट्टामा गहिरो चाट लाग्नुका साथै उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको र सबैलाई जिल्ला अस्पताल दुनैमा उपचारको लागि लगिएको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए। - न्युज कारखाना

प्रकाशित: Oct 24, 2021| 18:22 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।