काठमाडौं- काठमाडौंमा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा खुमलटारले विजयी सुरुआत गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार दिउँसो सम्पन्न खेलमा खुमलटारले ललितपुर वडानम्बर १४ लाई ४–१ गोलको जित निकालेको हो।
खुमलटारको जितका लागि जुमानु राईले दुई गोल गरे भने राजकुमार घिसिङ र रितेश खड्काले समान १-१ गोल गरे। यता, दुई गोल गरेका राई खेलमा म्यान अफ दी म्याच बने।
यता खुमलटारकै विनोद खड्कीले आफ्नै पोस्टमा गोल गरेपछि खेलको नतिजा ४–१ भएको थियो। आइतबारको दोस्रो खेलमा चितवन भेट्रान्स क्लबले चितवन वेस्टलाई ९–० गोलले हराएको छ। चितवनको शानदार जितका लागि रहेश थापाले ह्याट्रिक गरे। रविन्द्र श्रेष्ठ र सुरेश श्रेष्ठले समान २–२ गोल गरेका थिए। १–१ गोल गर्नेमा धिरेन्द्र राई र कमल गुरुङ रहे।
आइतबारको तेस्रो खेलमा श्रीकुमारी क्लबले झम्सिखे क्लबलाई २–० गोलले हराएको छ। देवेन्द्र भण्डारी र सकुल हमालले श्रीकुमारी क्लबका लागि १–१ गोल गरे।
अर्को खेलमा विजयी युथ क्लबले काभ्रेविरुद्ध ३–० गोलको जित निकालेको छ।