सोमबार, असार २२, २०८३

भेट्रान्स फुटबलमा खुमलटार, चितवन र श्रीकुमारीको जित

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार दिउँसो सम्पन्‍न खेलमा खुमलटारले ललितपुर वडानम्बर १४ लाई ४–१ गोलको जित निकालेको हो।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

काठमाडौं- काठमाडौंमा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा खुमलटारले विजयी सुरुआत गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार दिउँसो सम्पन्‍न खेलमा खुमलटारले ललितपुर वडानम्बर १४ लाई ४–१ गोलको जित निकालेको हो।

खुमलटारको जितका लागि जुमानु राईले दुई गोल गरे भने राजकुमार घिसिङ र रितेश खड्काले समान १-१ गोल गरे। यता, दुई गोल गरेका राई खेलमा म्यान अफ दी म्याच बने।

यता खुमलटारकै विनोद खड्कीले आफ्नै पोस्टमा गोल गरेपछि खेलको नतिजा ४–१ भएको थियो। आइतबारको दोस्रो खेलमा चितवन भेट्रान्स क्लबले चितवन वेस्टलाई ९–० गोलले हराएको छ। चितवनको शानदार जितका लागि रहेश थापाले ह्याट्रिक गरे। रविन्द्र श्रेष्ठ र सुरेश श्रेष्ठले समान २–२ गोल गरेका थिए। १–१ गोल गर्नेमा धिरेन्द्र राई र कमल गुरुङ रहे।

आइतबारको तेस्रो खेलमा श्रीकुमारी क्लबले झम्सिखे क्लबलाई २–० गोलले हराएको छ। देवेन्द्र भण्डारी र सकुल हमालले श्रीकुमारी क्लबका लागि १–१ गोल गरे।

अर्को खेलमा विजयी युथ क्लबले काभ्रेविरुद्ध ३–० गोलको जित निकालेको छ।

प्रकाशित: Oct 24, 2021| 18:14 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।