मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकाले ५५ हजारभन्दा बढी अफगान शरणार्थीहरूलाई पुनःस्थापना गर्ने

अमेरिकाले ५५ हजारभन्दा बढी अफगान शरणार्थीहरूलाई पुनःस्थापना गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले अमेरिकाको सैन्य बेसबाट उद्धार गरिएका ५५ हजार ६०० अफगानहरूलाई स्थायी रूपमा बसोबास गर्ने गरी पुनः स्थापना गर्ने भएको छ।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

वाशिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले अमेरिकाको सैन्य बेसबाट उद्धार गरिएका ५५ हजार ६०० अफगानहरूलाई स्थायी रूपमा बसोबास गर्ने गरी पुनः स्थापना गर्ने भएको छ। 

National life

सैन्य शिविरबाट यति धेरै अफगानीहरूलाई स्थायी बसोबास गर्न ल्याउन सन् १९८० पछिको पुनः स्थापना कार्यक्रममध्ये सबैभन्दा ठूलो कार्यक्रम भएको अफगानी सञ्‍चारमाध्यम खामा प्रेसले उल्लेख गरेको छ। हाल, अफगानिस्तानमा अमेरिकाको पक्षमा काम गर्ने धेरै अफगानीहरू अमेरिकी सैनिक बेसहरूमा स्थापित शरणार्थी शिविरहरूमा बसोबास गरिरहेका छन्। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानीहरूसँग सम्बन्ध भएका दिदीबहिनी र अन्य व्यक्तिहरूलाई स्थायी बसोबासका लागि अनुमति दिन एउटा कार्यक्रम सुरु गर्ने निर्णय गरेका छन्। यसको उद्देश्य अमेरिकामा नयाँ जीवन सुरु गर्दा अफगानीहरूलाई उनीहरूको बस्ती र सहरमा आर्थिक सहयोग वा पुनर्वासका लागि मद्दत गर्नु रहेको बताइएको छ।

नयाँ पहल अनुसार, १८ वर्ष नाघेका पाँच जनाको समूहले अफगान परिवारका प्रायोजकहरूका लागि आवेदन दिन सक्छन् जसले अफगान परिवारलाई ९० दिनको लागि आर्थिक सहयोग गर्नेछन्, उनीहरूको प्रशिक्षण पूरा गर्नेछन् र परिवारको लागि योजना विकास गर्नेछन्। 

खामा प्रेसका अनुसार यदि प्रस्ताव स्वीकृत भयो भने, यस समूहले आवास प्राप्त गर्न, अमेरिकी सरकार मार्फत् उपलब्ध लाभहरू प्राप्त गर्न शरणार्थीहरूलाई सहयोग गर्ने जस्तै चिकित्सा सेवा र अन्य जिम्मेवारीहरूका साथसाथै विद्यालयमा बालबालिकालाई भर्ना गर्न सहयोग गर्ने जिम्मेवारी वहन गर्ने जनाइएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 24, 2021| 23:30 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।