मंगलबार, फागुन २६, २०८२

पाकिस्तानको राजधानीमा डेंगुको संक्रमण

पाकिस्तानको राजधानीमा डेङगुका घटनाहरू बढिरहेका पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन्।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

इस्लामावाद- पाकिस्तानको राजधानीमा डेङगुका घटनाहरू बढिरहेका पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन्।

National life

आइतबारको २४ घण्टाको अवधिमा इस्लामावादमा १४६ थप बिरामीमा डेंगुको सङ्क्रमण पुष्टि गरिएको छ भने यो अवधिमा एकको मृत्यु भएको एआरवाई न्युजले स्थानीय अधिकारीलाई उद्धृत गरी आइतबार जनाएको छ। 

संघीय राजधानीमा यो बर्ष अहिलेसम्म दुई हजार ८६७ जना डेङ्गुका कारण बिरामी परेका छन् भने  ११ जनाको मृत्यु भएको छ। पाकिस्तानी अधिकारीले डेंगुको संक्रमण दर उच्च भन्दै आवश्यक सावधानी अपनाउन स्थानीय नागरिकलाई सचेत बनाएका छन्।

पञ्‍जाबमा शुक्रबारदेखि शनिबारसम्मको २४ घण्टाको अवधिमा डेंगुका ५४६ नयाँ संक्रमण देखिएकाले शनिबारको तथ्यांक बढी देखिएको समाचारमा जनाइएको छ।

लाहोरमा ३६१ डेंगु ज्वरोका बिरामी रहेको प्रान्तीय स्वास्थ्य सचिव इमरान सिकन्दर बालोचले बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 24, 2021| 22:30 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।