मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • राजधानीमा बम विष्फोटपछि युगान्डाका राष्ट्रपतिले भने - डराउनु पर्दैन

राजधानीमा बम विष्फोटपछि युगान्डाका राष्ट्रपतिले भने - डराउनु पर्दैन

युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीले राजधानी कम्पालामा शनिबार राति भएको बम हमलाका दोषीहरूलाई पक्राउ गरिने बताएका छन्।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

युगाण्डा- युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीले राजधानी कम्पालामा शनिबार राति भएको बम हमलाका दोषीहरूलाई पक्राउ गरिने बताएका छन्। 

National life

राष्ट्रपति योवेरी मुसेभेनीले ट्वीट गर्दै उल्लेख गरेका छन्, 'यो एक आतंकवादी कार्य हो जस्तो देखिन्छ तर वास्तवमा यसमा अनेक अपराधीहरू संलग्न भएको पाउँछौं। जनता डराउनु पर्दैन, हामी यो अपराधलाई पनि अन्य सबै खाले अपराधलाई जस्तै परास्त गर्नेछौं।'

राष्ट्रपतिले प्रहरीले घटनाको अध्ययन गरिरहेको र सम्भावित सुरक्षा रणनीति तयार गरेको  र यस बारेमा पछि थप सूचना प्रदान गर्ने जानकारी दिएका छन्।

उनले दिएको जानकारी अनुसार तीन जना व्यक्ति पोलिथिन झोलाबाट तल झरेका थिए, उनीहरु तल झरेपछि विष्फोट भयो। जसबाट  एक व्यक्तिको मृत्यु भयो भने अन्य पाँच जना घाइते भएका थिए।

युगाण्डास्थित बेलायती र फ्रान्सेली दूतावासहरूले आफ्ना नागरिकहरूलाई सम्भावित आतंकवादी हमलाको चेतावनी दिँदै सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको केही दिनपछि उक्त घटना घटेको हो। - रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 24, 2021| 20:20 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।