शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एक्लिए प्रधानन्यायाधीश राणा, १४ जना न्यायाधीश पूर्ण बैठकमा सहभागी नहुने

एक्लिए प्रधानन्यायाधीश राणा, १४ जना न्यायाधीश पूर्ण बैठकमा सहभागी नहुने

सर्वोच्च अदालतका १४ जना न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको फुलकोर्ट बैठकमा सहभागी नहुने निर्णय गरेका छन्।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

काठमाडौं– सर्वोच्च अदालतका १४ जना न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको फुलकोर्ट बैठकमा सहभागी नहुने निर्णय गरेका छन्।

न्यायाधीशहरुको बैठकले यथास्थितिमा राणाले बोलाएको बैठकमा सहभागी हुन नसकिने निर्णय गरेको हो। बैठकमा न्यायिक नेतृत्वका कारण न्यायालयप्रतिको विश्वासमा आँच आएको विषयमा व्यापक छलफल भएको बताइएको छ।

बैठकमा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत, आनन्द मोहन भट्टराई, सुष्मालता माथेमा, प्रकाश ढुंगाना, कुमार रेग्मी, हरि फुयाँल, बमकुमार श्रेष्ठ, टंक मोक्तान, मनोज शर्मा र नहकुल सुवेदी सहभागी भएका थिए।

न्यायाधीशहरू अनिल सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी र कुमार चुडाल उपत्यकाबाहिर छन् भने ईश्वरप्रसाद खतिवडा देशबाहिर रहेकाले उपस्थित हुन नसकेको बताइएको छ।

प्रधानन्यायाधीश राणाले समग्र न्यायालय सुधारका विषयमा सोमबार सर्वोच्च अदालतका सबै न्यायाधीशसहितको पूर्ण बैठक बोलाएका छन्। 


प्रकाशित: Oct 24, 2021| 17:49 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।