मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • 'भारत र अमेरिकाले पाकिस्तानलाई बीआरआईबाट बाहिर ल्याउन चाहन्छन्'

'भारत र अमेरिकाले पाकिस्तानलाई बीआरआईबाट बाहिर ल्याउन चाहन्छन्'

अमेरिकाले भारतको समर्थनमा पाकिस्तानलाई बीआरआईबाट बाहिर ल्याउन चाहिरहेको चीन-पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) का प्रमुख खालिद मन्सुरले बताएका छन्।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

इस्लामावाद- भारत र अमेरिकाले पाकिस्तानलाई चिनियाँ महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसियटिभबाट बाहिर ल्याउने प्रयास गरिरहेका छन्। अमेरिकाले भारतको समर्थनमा पाकिस्तानलाई बीआरआईबाट बाहिर ल्याउन चाहिरहेको चीन-पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) का प्रमुख खालिद मन्सुरले बताएका छन्। 

National life

उनले सीपीईसी परियोजनालाई पनि अमेरिका र भारतले हानी गरिरहेको बताएका छन्। पाकिस्तानी सञ्‍चारमाध्यम डनका अनुसार सीपीईसीको एक सम्मेलनलाई सम्बोधन गर्दे उनले अमेरिकाले भारतसँग मिलेर पाकिस्तानको अर्थव्यवस्थालाई बलियो बनाउनका लागि काम गरिररहेको छ। 

मन्सुरले कराँचीमा शनिबार भने, 'बदलिँदो भूराजनीतिक स्थितिमा अमेरिका भारतको समर्थनमा सीपीईसीको नोक्सान पुर्‍याउने काम गरिरहेका छन्। उनीहरुलाई सफल हुन दिइने छैन।' 

प्रधानमन्त्री इमरान खानका विशेष सल्लाहकार खालिद मन्सुरले भने, 'अमेरिका र भारतले पाकिस्तानलाई चिनियाँ बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) भन्दा बाहिर ल्याउन चाहिरहेकोसमेत बताएका छन्। 

चीनले एक वैश्विक परियोजना अन्तर्गत करिब ७० देशमा लगानी गरेको छ। पाकिस्तान र चीनको एक महत्वाकांक्षी परियोजनालाई सन् २०१५ मा सुरु गरिएको थियो। चिनियाँ राष्ट्रपतिको पाकिस्तान भ्रमणका क्रममा यस परियोजनामा सम्झौता गरिएको थियो। 

Laxmi sunrise bank
kumari

चीनले पाकिस्तानको ग्वादर बन्दरगाहलाई जोड्नका लागि उक्त बीआरआईको काम अघि बढाएका छन्। यसका लागि सडक, रेल अन्य विकास परियोजनामा चीनले लगानी गरिरहेको छ। 

चीनले गरेको बाह्य लगानीबाट लाभ लिने पाकिस्तान सातौं ठूलो राष्ट्र हो। चीनले सीपीईसी अन्तर्गत २७.३ अर्ब डलर लगानी गरेको छ। चीनले पाकिस्तानमा यस अन्तर्गत विभिन्‍न ७१ परियोजनामा काम गरिरहेको छ। 

पाकिस्तानी सञ्‍चारमाध्यम डनका अनुसार पश्‍चिमी मुलुकका थिंक ट्यांकहरुले सीपीईसी परियोजनालाई 'आर्थिक जाल' को संज्ञा दिएका छन्। उनीहरुले चीनले पाकिस्तानको अर्थव्यवस्थालाई ठूलो असर गरेको र पाकिस्तानलाई ऋणमा फसाएको टिप्पणी गरेका छन्। 


प्रकाशित: Oct 24, 2021| 17:08 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।