सोमबार, असार २२, २०८३

विमलले मच्छिन्द्र क्लबबाट लिग खेल्ने

राष्ट्रिय फुटबल टिमका विमल घर्तीमगर मच्छिन्द्र क्लबमा अनुबन्धित भएका छन्। सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि विमलले मच्छिन्द्रसँग सम्झौता गरेका हुन्।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

काठमाडौं– राष्ट्रिय फुटबल टिमका विमल घर्तीमगर मच्छिन्द्र क्लबमा अनुबन्धित भएका छन्। सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि  विमलले मच्छिन्द्रसँग सम्झौता गरेका हुन्। 

विमलको अनुबन्धसँगै टोलीको मनोबल उच्च हुने क्लबले जनाएको छ। विश्वपकप छनोटका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणका क्रममा गत पुसमा विमलको दायाँ घुँडामा चोट लागेको थियो। चोटका कारण उनी झण्डै एक वर्षदेखि मैदान बाहिर थिए। अहिले उनी चोटमुक्त भइसकेका छन्। सहिद स्मारक ‘ए’ डिभिजन लिग यसै महिनाको अन्त्यमा सुरु हुनेछ। 

विमलले यसअघि २०७६ मा भएको पछिल्लो ए डिभिजनमा मच्छिन्द्रबाट खेलेका थिए। त्यति बेला आर्मीलाई १–० ले हराउँदै मछिन्द्र पहिलो पटक लिग च्याम्पियन बनेको थियो। 

विमलले गत सिजन पनि मच्छिन्द्रबाट अन्तिम खेल खेलेको स्मरण गर्दै यसपटक उपाधि रक्षा गर्ने बताएका छन्। ‘सुरुदेखि खेलेर उपाधि रक्षा गर्नेछौं। क्लबका व्यवस्थापन, प्रशिक्षक सँग राम्रो सम्बन्ध छ,’ उनले भनेका छन्।

क्लबका प्रशिक्षक प्रवेश कटुवालले पनि विमलको आगमनले टोली बलियो भएको बताए। उनले भने, ‘हामीले गत सिजनपछि केही खेलाडी गुमायौं। अब थप बलियो भएर उपाधि रक्षा गर्नेछौं।’ विमल कति रकममा अनुबन्ध भए भन्नेचाहिँ गोप्य राखिएको छ।


 




प्रकाशित: Oct 24, 2021| 15:25 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।