बिहीबार, भदौ ४, २०८३

भीमबहादुर हत्याको विरोधमा माइतीघरमा प्रदर्शन

भरतपुर महानगरपालिका–४ दुर्गाचोकका ५८ वर्षीय भीमबहादुर बिकको कुटपिटबाट भएको हत्याको विरोधमा आइतबार काठमाडौंमा प्रदर्शन भएको छ।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

काठमाडौं– भरतपुर महानगरपालिका–४ दुर्गाचोकका ५८ वर्षीय भीमबहादुर बिकको कुटपिटबाट भएको हत्याको विरोधमा आइतबार काठमाडौंमा प्रदर्शन भएको छ।

अधिकारकर्मीहरुले माइतीघरमा भेला भई हत्याको विरोध गरेका हुन्। उनीहरुले जातीय विभेदकै कारण भीमबहादुरको हत्या भएको भन्दै विभेद अन्त्य गर्न माग गरेका छन्।

भीमबहादुरको पोस्टमार्टम रिपोर्ट सार्वजनिक गर्नुपर्ने, हत्यामा संलग्नलाई कारबाही गर्नुपर्नेलगायत माग लेखिएका प्लेकार्ड बोकेर अधिकारकर्मीले प्रदर्शन गरेका थिए।

दसैंको महानवमीको दिन स्थानीयको कुटाइबाट भीमबहादुरको मृत्यु भएको थियो। उनको हत्यामा संलग्नको आरोपमा प्रहरीले स्थानीय सीताराम बस्नेत र दिलीप श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। 

 




प्रकाशित: Oct 24, 2021| 15:08 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।