आइतबार, माघ ४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिन्छ : खेलकुदमन्त्री गहतराज

खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिन्छ : खेलकुदमन्त्री गहतराज

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलाडीहरुको मनोबल बढाउन सरकारले ध्यान दिने बताएका छन्।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

काठमाडौं– युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलाडीहरुको मनोबल बढाउन सरकारले ध्यान दिने बताएका छन्।

National life

आइतबार युवा तथा खेलकुद मन्त्रालयमा बंगलादेशको ढाकामा हुने पाँचौं सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिप खेल्न बंगलादेश जान लागेका खेलाडी तथा प्रशिक्षकहरुको विदाइ गर्दै मन्त्री गहतराजले खेलाडीहरुको मनोबल बढाउन व्यवस्थापकीय कुराहरुमा मन्त्रालयले ध्यान दिने बताएका हुन्।

उनले खेलाडीहरुको मनोबल बढाउनका लागि मन्त्रालयले नयाँ तरिका र नयाँपन अपनाइरहेको बताए। मन्त्री गहतराजले खेलका बेला मात्रै खेलाडीहरुलाई राष्ट्रका गहना भन्ने र अरु बेला घर फर्काइदिने परिपाटी उचित नभएको बताउँदै यो परिपाटीलाई सरकारले गम्भीरताका साथ लिने र खेलकुद क्षेत्रको प्रगतिमा मन्त्रालय लागिपर्ने बताए। उनले नेपालीहरु कसैको कहिल्यै अधिनमा नबसेको र वीर गोर्खालीहरुको देश भएकोले खेलाडीहरुले त्यसलाई मनमा राखेर शक्ति र साहसका साथ खेल्न हौसला दिए।

मन्त्री गहतराजले खेलाडीहरुले नेपाली माटो र गौरव गाथालाई सम्झिएर खेल्न आग्रह गरे। उनले अबको ध्येय जित भएको बताउँदै आँट र साहसका साथ खेलेको देख्न र उपाधि नेपाल ल्याउने आशमा आफू र देश रहेको भन्दै जितको स्वागतका लागि मन्त्रालय तयार भएको बताए। \

बंगलादेशको ढाकामा हुने पाँचौं सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनशीपमा सहभागी हुन राष्ट्रिय सिनियर र जुनियर टीमका खेलाडीहरुलाई मन्त्री गहतराजले खादा र अविर लगाएर विदाइ गरेका हुन्। जिम्न्याष्टिक च्याम्पियनशीपमा सहभागी हुन १२ जना खेलाडीहरु सोमबार बंगलादेश प्रस्थान गर्नेछन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 24, 2021| 14:17 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।