बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिका-२ मल्लाढिकका ४५ वर्षीय ईश्वरीदत्त जोसी ४ कात्तिकमा मरणासन्न हुनेगरी कुटिए। उनलाई घरायसी विवादमा स्थानीय केशवराज जोसीका छोराहरू २० वर्षीय रामदत्त जोसी र १८ वर्षीय तिलक जोसीले कुटपिट गरेका हुन्।
कुटपिटबाट गम्भीर घाइते भएका ईश्वरीदत्तको अहिले धनगढी स्थीत माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। कुटिएका व्यक्तिको उपचार सुरु भए पनि स्वास्थ्यका सुधार आएको छैन।
- न्युज कारखाना