आइतबार, माघ ४, २०८२

त्यो खेल जसका लागि टेलिभिजन सेट फुट्न सक्छन्

अहिले पुनः एकपटक भारत र पाकिस्तान आपसमा भिड्दैछन्। जितका लागि भोका खेलाडी निकट प्रतिद्वन्दीविरुद्ध जितको लक्ष्यका साथ मैदान उत्रँदैछन्। त्यसले यी दुई टिमबीचको पुराना सबै यादहरुलाई एकैठाउँमा ल्याइदिएको छ। जबकी यी दुवै टिम आईसीसीको मात्र प्रतियोगिता खेल्दैछन्।
 |  आइतबार, कात्तिक ७, २०७८

आदेश कुमार गुप्ता

आदेश कुमार गुप्ता

आइतबार, कात्तिक ७, २०७८

‘लाहोरमा हिउँ पर्ने सम्भावना धेरै छ। तर भारत र पाकिस्तानबीच अहिले दुईपक्षीय सिरिज हुन सक्दैन। यी दुई टिम आईसीसीको प्रतियोगितामा भने भिड्नेछन्।’ यो जवाफ थियो, भारतका पूर्वकप्तान सुनिल गवास्करको। पाकिस्तानका पूर्वकप्तान र वर्तमान पीसीबीका अध्यक्ष रमिज राजाले गत वर्ष कोभिड–१९ का कारण लगाइएको लकडाउनको समयमा भिडियो कुराकानी गरेका थिए।

National life

पछिल्लो पटक भारत र पाकिस्तान २०१९ मा इंग्ल्यान्डमा भएको एकदिवसीय विश्वकपमा भिडेका थिए। जुन खेलमा भारतले पाकिस्तानलाई डकवर्थ लुइस नियम अनुसार ८९ रनले हराएको थियो। उक्त जितसँगै  भारतले विश्वकपमा पाकिस्तानलाई सबै फर्म्याट (वनडे र टी–ट्वीन्टी)का खेलमा हराउने रेकर्ड कायम राखेको थियो।

त्यसपछि अहिले दोस्रो पटक आईसीसीकै प्रतियोगितामा भारत र पाकिस्तान टी–२० विश्वकपमा भिड्दैछन्।

२०२१ को आईसीसी विश्वकप टी२० को सुरुआत अक्टोबर १७ बाट सुरु भइसकेको छ। आधिकारिक रुपमा भारत यो प्रतियोगिताको आयोजक हो तर कोभिड महामारीका कारण टी २० क्रिकेटको महायुद्ध यूएई र ओमानमा हुँदैछ।

भारतको तुलनामा युएई र ओमानमा कोभिड १९ विरुद्ध खेलाडीको सुरुक्षा व्यवस्था राम्रो गरिएको छ। यसअघि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले घरेलु प्रतियोगिता आईपीएल पनि युएईमा नै आयोजना गरिसकेको छ।

Laxmi sunrise bank
kumari

अनुभव र सुरक्षित ठाउँका हिसाबले यो महायुद्ध त्यहाँ आयोजना भएको हो। 

त्यो खेल जसका लागि टेलिभिजन सेट फुट्न सक्छन्

त्यसो त यो विश्वकपमा धेरै कुरा महत्वपूर्ण छन्। तर सधैंजस्तै अधिकांशका नजर भने भारत र पाकिस्तानको खेलमा अड्किएको छ। त्यो खेल कसरी हुन्छ र कसले जित्छ साथै कसले कस्तो प्रतिक्रिया दिन्छ भन्नेमा क्रिकेट समर्थक प्रतीक्षा गरिरहेका छन्।

भारत र पाकिस्तान दुवै टिम सुपर १२ को समूह २ मा छन्। आज (आइतबार) दुबई अन्तर्राष्टिय रंगशालामा दुवै टिमले जितको लक्ष्यका साथ खेल्ने तयारी गरेका छन्। भारत र पाकिस्तानबीचको विवादले यी दुई देशको सम्बन्ध प्रायः चिसो रहने गरेको छ। त्यसैले यी दुईको युद्ध क्रिकेट मैदानमा हुने गर्छ। र, जब यी दुई टिमको खेलका लागि टिकट बिक्री खुला हुन्छ, एकछिनमै सबै टिकट बिक्री भइसक्छन्। टिकट नपाउनेले टेलिभिजनको सहारा लिनुपर्छ।

पाकिस्तानी खेलाडीलाई दबाब दिइन्छ, तैपनि विश्वकपमा भारतसँग जित्दैन

खेलपछि जुन देशले जित्छ, त्यो देशमा पटाका बालेर जितको स्वागत गरिन्छ। क्रिकेट समर्थकले युद्ध जितेझैँ खुसी साटासाट गर्छन्। हार बेहोरेको टिमको देशमा भने शून्यता छाउँछ। र, आक्रोश टेलिभिजनमा समेत पोखिन्छ। कसैले त टेलिभिजन तोडफोड गरेर आफ्नो रिस शान्त गरेका उदाहरण पनि छन्।

मैदानमा जनु खेलाडीको विशेष योगदानका कारण खेल जितिन्छ, त्यो खेलाडी रातारात हिरो बन्छ। यदि नतिजा अन्तिम ओभरसम्म पुग्यो र बलरको बलबाट हारियो भने अन्तिम ओभर बलिङ गर्ने बलर देशभरका मानिसको आँखाको तारो बन्ने गरेका छन्। मानौं, टिमको हारको कारण नै अन्तिम ओभर बलिङ गर्ने बलर हुन्।

आज पनि शारजहामा भएको त्यो खेल अधिकांशले बिर्सेका छैनन्। पाकिस्तानका जावेद मियाँदाले चेतन शर्माको अन्तिम बलमा छक्का हानेर पाकिस्तानलाई जित दिलाएको उक्त खेल र मियाँदालाई अधिकांशले स्मरण गरिरहेका हुन्छन्। पाकिस्तानीको नजरमा मियाँदा हिरो ठहरिए भने भारतीयको नजरमा चेतन शर्माका कारण खेल हारेको ठहरियो।

त्यसैगरी अधिकांशले २००७ मा भएको टी २० विश्वकप पनि बिर्सेका छैनन्। उक्त फाइनलमा भारतीय कप्तान महेन्द्रसिंह धोनीले आन्तिम ओभरमा बलर जोगिन्दर शर्मालाई बलिङ गर्न अह्राए। जोगिन्दर शर्माले पाकिस्तानका जल्दाबल्दा ब्याट्सम्यान  मिसबाह उल हकलाई एस श्रीशान्तमार्फत क्याचआउट गराए। फलस्वरुप भारत च्याम्पियन बन्यो।

त्यही ओभरका कारण जोगिन्दर शर्मा आज पनि भारतका घरघरमा चिनिन्छन्। उनलाई धेरै क्रिकेट समर्थकले पत्याउँछन्। 

महेन्द्रसिंह धोनी जादूमयी कप्तान हुन् भन्ने २००७ को विश्वकपलाई भारतीयले पहिलो कहानीको रुपमा लिएका छन्।  त्यसपछि उनले २०११ को एक दिवसिय क्रिकेटमा पनि भारतलाई विश्व च्याम्पियन बनाए।

त्यसपछि टेस्ट क्रिकेटमा नम्बर वान बनाए भने २०१३को च्याम्पियन ट्रफी पनि जिताए। यद्यपि ती सबै प्रतियोगिता छाडेर आज पनि त्यही २००७ को विश्वकप फाइनलको चर्चा धेरै हुने गरेको छ। किनभने फाइनलमा भारतले पाकिस्तानलाई हराएको थियो।

त्यस्तो खेल, जसमा याद र भावना जोडिएको छ

अहिले पुनः एकपटक भारत र पाकिस्तान आपसमा भिड्दैछन्। जितका लागि भोका खेलाडी निकट प्रतिद्वन्दीविरुद्ध जितको लक्ष्यका साथ मैदान उत्रँदैछन्। त्यसले यी दुई टिमबीचको पुराना सबै यादहरुलाई एकैठाउँमा ल्याइदिएको छ। जबकी यी दुवै टिम आईसीसीको मात्र प्रतियोगिता खेल्दैछन्।

यो खेललाई लिएर पाकिस्तानका पूर्व खेलाडी मिस्बाह भन्छन्, ‘जब यी दुई टिम आपसमा भिड्छन् तब कुन टिमको कुन वरियता छ भन्ने कुनै महत्व हुँदैन। र कुन टिम कति कमजोर वा बलियो छ भन्नेले पनि कुनै अर्थ राख्दैन। खेल कुनै पनि होस्, हकी होस् वा क्रिकेट संधै गजब, रोमाञ्चक र जबरजस्त हुने गर्दछ।’

यो खेललाई लिएर पाकिस्तानका कप्तान बाबजर अजाम भन्छन्, ‘टिमको तायारीमा आत्मविश्वास र आफूमा भरोषाको किटान नै यो खेलमा जानुपूर्वको महत्वपूर्ण तयारी हो। टिम र खेलाडीहरुको मनोबल उच्च छ। बितिसकेको कुरालाई छोडेर हामी अगाडिको लागि सोचिरहेका छौं। र, आगामी खेलका लागि पूरा तयारी गरिएको छ। त्यो खेलमा राम्रो प्रदर्शन गर्नेछौं।’

साथी भन्छन्– हारेर मेरो घर नआउनु

कुनै समय भारत र पाकिस्तानबीच खेलिएको टेस्ट सिरिजमा अत्यधिक लोकप्रिय तिव्र गतिका बलर हुन् पाकिस्तानका सिकन्दर बख्त। उनी भन्छन्, ‘यी दुई देशबीचको प्रतिद्वन्द्विता धेरै मन छुने किसिमको छ। म यसकारण हैरान छु कि हामीले विश्वकपमा भारतलाई कहिल्यै हराउन सकेनौं। एकपटक यस्तो पनि थियो कि जब पाकिस्तानको टिम भारतलाई सजिलै हराउन सक्थ्यो। त्यतिबेला पनि हामीले विश्वकपमा हराउन सकेनौं। यस्तो अचम्मको परिदृष्य छ कि च्याम्पियन ट्रफीमा हामीले भारतलाई फाइनलमा हराएर जित्यौँ तर विश्वकपमा जितेनौँ। यो के कारणले हो थाहा छैन।’

तर उनलाई भारतमा घुम्न कहिल्यै डर लागेन। उनी जब भारत भ्रमणमा हुन्थे, एक्लै बाहिर घुम्न निस्किन्थे। उनी जोड दिँदै भन्छन्, ‘भारत र पाकिस्तानको सम्बन्ध राम्रो छैन। नराम्रो सम्बन्धका कारण युद्ध पनि भयो तर जब भारतमा खेल हुन्थ्यो त्यतिबेला मेरो व्यक्तिगत आचरणका कारण एक्लै घुम्न निस्कन्थेँ।’

उनले भारतमा घुम्दा कसैले अपमान नगरेको र कसैको डर नरहेको बताएका छन्। उनी भन्छन्, ‘मेरो कुरा गर्ने शैलीले सबैले म पाकिस्तानी भएको चिन्दथे। तर कहिँकतै पनि अप्ठ्यारो लागेन। यो कुरा हामी भारतीय क्रिकेटरबाट पनि सुनिरहेका छौं। यहाँसम्म कि धोनीको फिल्ममा पनि यो देखाइएको छ।’ धोनीको त्यो सिन नकाटेकाले उनले फिल्मका निर्देशकलाई पनि धन्यवाद दिएका छन्।

त्यो सिनमा धोनी घरमा फोन गर्नका लागि एक पसलमा जान्छन् र पसलेले उनलाई घरमा फोन गर्नका लागि जति पनि समय आफ्नो टेलिफोन सेट उपलब्ध गराउँछ र पैसा पनि माग्दैन। महेन्द्र सिंह धोनीको बायोग्राफिक फिल्ममा राखिएको त्यो सिन असाध्यै मन परेको सिकन्दर बताउँछन्, जुन पकिस्तानको थियो।

एकपटक सुनिल गवास्कर एसिएन च्याम्पियनसिपमा कमेन्ट्री गर्नका लागि पाकिस्तान गएका थिए। उनी केहि सामान किन्नका लागि बाहिर गएका थिए। कुनै पनि पसलेले उनीसँग पैसा लिएनन्। सिकन्दरको नजरमा यो कुरा निकै असाधारण हो। साथै खेलाडी र नागरिकबीच यो नाता राम्रो पनि भएको सिकन्दर बताउँछन्।

भारत र पाकिस्तानबीच यस्तो धेरै कथा छ जुन सम्झनामा आइरहन्छन्। क्रिकेटरदेखि कलाकारसम्मका कथा यहाँ अटाउँछन्। तर सिकन्दरलाई एउटै चिन्ता छ कि विश्वकपमा जित निकाल्न नसक्नु। ‘अरु प्रतियोगितामा जित निकाल्न सक्ने तर विश्वकपमा जित निकाल्न नसक्ने कस्तो अचम्म,’ उनी भन्छन्, ‘हामीले ढाका र सारजहामा पनि भारतलाई हराएका छौं। जहाँ शाहिद अफ्रिदीले छक्का हानेका थिए।’

उनी जति सोचे पनि त्यसको उत्तर पत्ता लगाउन सक्दैनन्। अहिले एउटा कुरा आफैं भन्छन् कि जति पनि रेकर्ड बन्छन् ती सबै तोडिनका लागि बन्छन्। र, यो विश्वकपमा भारतको लगातार जितको शृंखला तोडिने विश्वास सिकन्दरको छ।

खाली चेक लैजाऊ जति रकम चाहिन्छ लेऊ तर भारतलाई हराउ

एकपटक सिकन्दर एकजना साथीको घरमा गएका थिए। त्यहाँ साथीकी आमा आइन् र भन्न लागिन्, ‘तिमी भारत जाँदैछौं तर हारेर नआउनु। यदि तिमी हारेउ भने मेरो घरै नआउनु। त्यसको अर्थ पाकिस्तानमा खेलाडीलाई भारतसँगको जितका लागि निकै ठूलो दबाब दिइन्छ। सिकन्दरका साथीकी आमाको उक्त भनाइपछि पनि पाकिस्तानले हारेरै फर्क्यो।

जब पाकिस्ताका पूर्वकप्तान रमिज राजा पीसीबीको अध्यक्ष बनेर कराँची गएका थिए, त्यहाँ च्याम्बर अफ कमर्सका पदाधिकारीसँग बैठक बस्यो। उनलाई च्याम्बर अफ कमर्सका पदाधिकारीले एकपटक भनेका थिए, ‘भारतलाई हराएर आउनु। कति रकम चाहिन्छ, खाली चेक लिएर जाउ पछि भर।’

सिकन्दरको शब्दमा यो उदारता पनि भारतविरुद्ध जितका लागि पाकिस्तानीले दिएको दबाब नै थियो। अहिले त विश्वकपको पहिलो खेलमा नै पाकिस्तानले निकट प्रतिद्वन्दीको सामना गर्नुपर्ने छ।

टी २० विश्वकपमा भारत–पाकिस्तानको युद्ध

सन् २००७ मा आयोजना भएको पहिलो विश्वकपमा भारत र पाकिस्तान समूह डी मा एकैसाथ थिए। समूह डीको लिग चरणमा भारत र पाकिस्तानको म्याच टाइ भयो। त्यति बेला म्याच टाइ भएमा बल आउट गर्ने नियम रहेको थियो। बल आउट नियम अनुसार भारतले ३–० ले जित्यो। त्यसपछि समूह चरणका अन्य खेल जित्दै दुवै टोलीबीच फेरि फाइनलमा भिडन्त भयो। फाइनलमा भारतले पाकिस्तानलाई पाँच रनले हराउँदै उपाधि चुम्यो।

सन् २००९ मा भएको अभ्यास खेलमा भारतले पाकिस्तानलाई ९ विकेटले हराएको थियो। त्यसबाहेक भारत पाकिस्तानबीच  खेल भएन। पछि पाकिस्तान र श्रीलंका फाइनलमा पुगे। फाइनलमा पाकिस्तानले श्रीलंकालाई ८ विकेटले हराएर उपाधि जित्यो।

२०१० मा भएको विश्वकपमा भारत र पाकिस्तानले आपसमा खेलेनन्। तर २०१२ मा भएको विश्वकपमा भारतले पाकिस्तानलाई सुपर ८ को खेलमा ८ विकेटले हराएको थियो।

२०१४ को विश्वकपमा भारतले पाकिस्तानलाई सुपर १० को ग्रुप म्याचमा ७ विकेटले हराएको थियो। २०१६ मा भएको विश्वकपको सुपर १० मा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो।

यी दुई टिमबीचको खेल आज राति पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुँदैछ। दुवैबीच हुने उक्त खेल समूह–२ को पहिलो खेल समेत हो।

बीबीसी हिन्दीबाट

प्रकाशित: Oct 24, 2021| 12:11 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।