शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १५ सैय्याको धनकुटा अस्पताललाई सय सैय्याको भन्दै मुख्यमन्त्रीले गरे उदघाटन

१५ सैय्याको धनकुटा अस्पताललाई सय सैय्याको भन्दै मुख्यमन्त्रीले गरे उदघाटन

गत १ कात्तिकमा धनकुटा जिल्ला अस्पताललाई सय सैय्याको स्तरोन्नति गरिएको भनेर प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले उदघाटन गरे। अहिले १५ सैय्या रहेको जिल्ला अस्पताललाई प्रदेश सरकारले लगानीमा सैय्या थप गरेर स्तरोन्नति गरिएको भनिएको थियो।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

धनकुटा- गत १ कात्तिकमा धनकुटा जिल्ला अस्पताललाई सय सैय्याको स्तरोन्नति गरिएको भनेर प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले उदघाटन गरे। अहिले १५ सैय्या रहेको जिल्ला अस्पताललाई प्रदेश सरकारले लगानीमा सैय्या थप गरेर स्तरोन्नति गरिएको भनिएको थियो।

प्रदेश सरकारले केही समयअघि धनकुटा अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको थियो। सोहीबमोजिम अस्पताललाई सेवासुविधा सम्पन्न बनाइने भनेर मुख्यमन्त्री उदघाटन गरेका हुन्। आचार्यले जिल्ला अस्पताललाई सय सैय्याको बनाएर विस्तारै त्यसलाई थप बढाएर शिक्षण अस्पतालको रूपमा विकास गरिने बताए।

मुख्यमन्त्रीले एक सय सैय्याको अस्पताल उदघाटन गरे पनि सेवा सुचारु गर्न सक्ने अवस्था नरहेको धनकुटा अस्पतालका निमित्त प्रमुख डा. पुजन विश्वकर्माले बताए। सय सैय्याको बनाउन न त डीपीआर नै बनाइएको छ, न त अन्य कुनै काम नै सुरु गरिएको छ।

मुख्य विषय धनकुटा अस्पताललाई एक सय सैय्याको बनाउन आवश्यक जग्गाको व्यवस्थापन नै भएको छैन। हाल धनकुटा अस्पतालको नाममा १६ रोपनी जग्गा रहेको र सय सैय्याको अस्पताल चलाउन कम्तीमा ५० रोपनी जग्गा चाहिने धनकुटा अस्पतालका निमित्त प्रमुख विश्वकर्माले बताए। उनले धनकुटा अस्पताललाई स्तरउन्नति गर्न डिपिआरका लागि १५ लाख र भवन निर्माणमा एक करोड बजेट विनियोजन भएको बताए। बजेट विनियोजन भए पनि जग्गा नभएकाले डिपीआरको काम नै अघि नबढेको विश्वकर्माको भनाइ छ।

धनकुटा अस्पतालसँगै रहेका कृषि ज्ञान केन्द्र र रेशम विकास कार्यक्रमको जग्गा अस्पतालले लिएर काम गर्ने कि भन्ने कुरा भए पनि यकिन भने नभएको उनको भनाइ छ। १५ सैय्याको अनुमति भए पनि जिल्ला अस्पताललाई ४० सैय्यासम्म चलिरहेको अस्पतालले जनाएको छ। धनकुटा अस्पताललाई सय सैय्याको सञ्चालन गर्न हाल रहेको पूर्वाधारले मापदण्डअनुसार नसकिने अस्पतालका निमित्त प्रमुख डा. विश्वकर्मा बताउँछन्।

सरकारी मापदण्डअनुसार सय सैय्याको अस्पताल सञ्चालन गर्न विभिन्न आठवटा विभाग सञ्चालन गर्नुपर्ने हुन्छ। अस्पतालमा बालरोग, स्त्रीरोग, मानसिक रोग, फिजिसियन, छाती रोग, हाड रोग, नाक कान घाँटी रोग विशेषज्ञको आवश्यकता हुन्छ। तर, धनकुटा अस्पताल दुई वर्षदेखि नै निमित्तको भरमा सञ्चालन भइरहेको छ। 

- न्युज कारखाना

प्रकाशित: Oct 24, 2021| 11:48 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।