बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. दीपेन्द्ररमणको 'कमब्याक'

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. दीपेन्द्ररमणको 'कमब्याक'

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. दीपेन्द्ररमण सिंहको कमब्याक भएको छ। डा. सिंहले आजैदेखि विभागको जिम्मेवारी सम्हालेका छन्।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

काठमाडौं- स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. दीपेन्द्ररमण सिंहको कमब्याक भएको छ। डा. सिंहले आजैदेखि विभागको जिम्मेवारी सम्हालेका छन्। 

स्वास्थ्य मन्त्रालयको प्रशासन सहसचिव इन्द्रमणी पोखरेलका अनुसार सिँहलाई शनिबारदेखि विभागको जिम्मेवारी दिइएको हो।

यसअघि पनि १३ महिना विभागको महानिर्देशक भएका सिंहलाई साउन १९ मा विभागको महानिर्देशकबाट हटाएर स्वास्थ मन्त्रालय तानिएको थियो। 

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले उनलाई हटाएर विभागको महानिर्देशक डा. आरपी बिच्छालाई बनाएका थिए।

यसअघिका महानिर्देशक डा. बिच्छाले कार्तिक ६ गतेबाट अनिवार्य अवकाश पाएसँगै बिच्छाको अवकाशकै दिन पारेर डा. सिंहलाई विभागको महानिर्देशकमा पठाइएको हो। 

सिंह १२औं तहका प्रमुख विशेषज्ञ हुन्। विभागको महानिर्देशक १२औं तहको हुने व्यवस्था छ। डा. विच्छालाइ तत्कालीन स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले बरियता मिचेर विभागको महानिर्देशकमा नियुक्ति गरेका थिए। कान्ति वाल अस्पतालको निर्देशक रहेका डा. विच्छालाई सेवा अवधि सकिन तीन महिना बाँकी हुँदा १ वर्षदेखि कार्यरत १२औं तहका डा. दिपेन्द्ररमण सिहंलाई हटाएर विभागमा नियुक्त गरेको थियो। 

कार्तिक ६ गते अवकास प्राप्त गर्न लागेका डा. विच्छाको सेवा अवधि सकिन १७ दिन बाँकी हुँदा २ वर्ष कार्यकाल थप गरिएको थियो।

बालरोग विशेषज्ञ डा. विच्छालाई प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजु राणाको दवावमा नै विभाग सरुवा गरिएको आरोप लाग्दै आएको थियो।

प्रकाशित: Oct 24, 2021| 11:30 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।