शुक्रबार, भदौ ५, २०८३

शिक्षिका मृत फेला परेपछि एमाले वडा अधिवेसन स्थगित

शिक्षिका मृत फेला परेपछि खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरमा एमालेको वडा अधिवेसन स्थगित भएको छ।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

खोटाङ- शिक्षिका मृत फेला परेपछि खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरमा एमालेको वडा अधिवेसन स्थगित भएको छ। हौंचुरस्थित जनता आधारभूत विद्यालयमा निजी स्रोतमा कार्यरत २७ वर्षीय शिक्षिका कृष्णा श्रेष्ठ ६ कात्तिक बिहान गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि एमालेको वडा अधिवेसन स्थगित गरिएको हो।

शिक्षिका मृत फेला परेपछि अधिकांश प्रतिनिधि सोही घटनाको अनुसन्धानमा व्यस्त भएपछि ८ कात्तिकमा गर्ने गरी वडा अधिवेसन सारिएको एमालेबाट निर्वाचित वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले बताए। ६ वडा रहेको रावाबेँसी गाउँपालिकाका अन्य वडामा भने ६ कात्तिकमै वडा अधिवेसन सम्पन्न भएको छ। 

दुई नगरपालिका र आठ गाउँपालिकाको ७९ वडामध्ये शनिबार ६८ वडाको अधिवेसन सर्वसम्मत ढंगले टुंगिएको छ। 

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी अधिवेसनको बन्दसत्र आइतबार हुने एमालेले जनाएको छ। 

शनिबार उद्घाटन गरेर बन्दसत्र एक दिनपछि सारिएको हो । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम र हलेसी तुवाचुङ नगरपालिका–८ धितुङको वडा अधिवेसन भने ८ कात्तिकमा सारिएको नेकपा एमाले खोटाङका सचिवालय सदस्य सुरेन्द्रकुमार राईले बताए।

वडा अधिवेसनको तयारी नपुगेको भनिए पनि त्यही वडामा सदस्यता विवाद रहेको बताइएको छ। 

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडा अधिवेसन पनि स्थगित भएको छ। साकेला गाउँपालिका–५ मात्तिम र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माको वडा अधिवेसनको बन्दसत्र आइतबार चल्ने एमालेका जिल्ला अध्यक्ष रामप्रसाद दंगालले बताए। 

आसन्न १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेको वडा अधिवेसनबाट जिल्लाका २ हजार ४४९ जना वडास्तरीय नेता तथा कार्यकर्ताले वडा कमिटीमा नयाँ जिम्मेवारी पाउँदैछन्। प्रतिवडा ३१ सदस्यीय वडा कमिटीमा वडास्तरीय नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउन लागेका हुन्। वडा अधिवेसनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिवसहित सदस्य चयन गर्ने छन्। 

९ कात्तिकमा पालिका अधिवेशन हुने एमालेले जनाएको छ। एमालेको १०औं महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ। 

- न्युज कारखाना

प्रकाशित: Oct 24, 2021| 10:24 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।