शुक्रबार, भदौ ५, २०८३

बाढी पीडित भन्छन् : कति दिन विद्यालयमा बस्ने?

कैलालीमा कात्तिक २ गते आएको बेमौसमी बाढीले धेरैलाई घरबारविहीन बनाएको छ। कैलालीमा बाढीका कारण हजारौं घर डुबानमा परेका छन् भने सयौं परिवारले घर गुमाएका छन्। बाढीमा घर मिसिएकाहरू यतिखेर विभिन्न विद्यालयमा आश्रय लिएर बसिरहेका छन्।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

टीकापुर- कैलालीमा कात्तिक २ गते आएको बेमौसमी बाढीले धेरैलाई घरबारविहीन बनाएको छ। कैलालीमा बाढीका कारण हजारौं घर डुबानमा परेका छन् भने सयौं परिवारले घर गुमाएका छन्। बाढीमा घर मिसिएकाहरू यतिखेर विभिन्न विद्यालयमा आश्रय लिएर बसिरहेका छन्। 

विद्यालयमा आश्रय लिएर बसिरहेकाहरू घर कहिले फर्कने, कसले घर बनाइदिने भन्ने अन्योलमा छन्। जानकी गाउँपालिका–३ मुक्तकमैया बस्तीका चन्टु थारूको घर अहिले छैन।

हालै भएको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले बस्ती डुबानमा परेपछि चौधरीको घर त्यही बाढीमा मिसियो। बाढीमा घर गुमाएका चौधरीको घरमा रहेका अन्नपात, लुगाकपडासहित सबै सम्पत्ति बग्यो। जीवनभरि कमाएको सबै पानीमा बगेपछि चौधरीसहित त्यहाँका केही मुक्तकमैया बालमुक्ति आधारभूत विद्यालयमा बसोबास गरिरहेका छन्। 

विद्यालयमा बसिरहेका चौधरी नजिकै रहेको घरतिर फर्केर हेर्दा निकै भक्कानिन्छन्। 'घरतिर हेर्छु, घर नै छैन, दुःख गरेर जोडेको सबै सामान बग्यो', उनी भन्छन्, 'छ दिन भयो विद्यालयमा बसेको। यसरी बसेर कति दिन टर्छ। घर बचेकाहरु घर सफा गर्न थालेका छन्। स्थानीय सरकारले राहत दिने भनेको छ। घर भएकाहरु त फर्केलान, हामी कहाँ जाउला?'

चन्टुजस्तै सुस्मिता थारूको घर पनि बाढीले भत्काएर पूर्णरूपमा नष्ट भएको छ। उनी पनि घर नै नरहेपछि अब कहाँ बस्ने भन्ने चिन्तामा छिन्। 'आँखै अगाडि बाढीले सबै बगायो, घरभित्रका केही सामान पनि सार्न सकिएन', सुस्मिताले भनिन्, 'दैव पनि हामीजस्ता गरिबलाई नै विपत्तिमा पार्ने रहेछ । गरिबीमा बाँचेका हामी अब घरै नरहे कहाँ बसौंला?'

बाढीले बस्तीमा १८ परिवारका घर रहेनन्। ती परिवारले आँखा अगाडि घर बाढीमा मिसिएको देखिरहे तर आफ्नो केही सामान पनि जोगाउन पाएनन्। यसरी विद्यालयमा बसेका सयौं नागरिकलाई पालिकाले साँझ बिहान दुई छाक खाना खुवाइरहेका छन्। जिल्लामा बाढीका कारण सयौँ परिवारले घर गुमाएका छन् भने हजारौं परिवार विस्थापित भएका छन्। 

टीकापुर, भजनी नगरपालिका र जानकी गाउँपालिकाका उच्च स्थानमा रहेका विद्यालय यतिखेर बाढी प्रभावितले भरिएका छन्। पालिका र सङ्घसंस्थाले सहकार्य गरेर विद्यालयमा आश्रय लिइरहेकालाई खाना खुवाइरहेका छन्। टीकापुरमा सयौँ परिवार विद्यालयमा बसिरहेका छन्।

टीकापुरको तटीय क्षेत्र वडा नम्बर ८ मा बाढीले बढी क्षति पुर्‍याएको छ। वडा नम्बर ८ पूरै प्रभावित भएकाले त्यहाँका विस्थापित परिवारलाई राहत तथा उद्धारका कार्यमा पालिका जुटेको विपद् व्यवस्थापन शाखाका प्रमुख निर्मला चौधरीले बताइन्। 'हामीले विपद् व्यवस्थापन समितिको बैठक बसेर मापदण्ड बनाएर राहतका कार्यक्रम ल्याउँदैछौं', उनले भनिन्, 'बाढीले ठूलो क्षति पुर्‍याएकाले राहत तथा उद्धारका कार्यमा सबै मिलेर काम थालिएको छ।'

सङ्घसंस्थाको सहयोगमा पानी, चिउरा र चाउचाउ वितरण भइरहेका छन्। जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरी पालिकाले तथ्याङ्क सङ्कलन र क्षतिको विवरण सङ्कलन गरिरहेकाले केही दिनमै राहतका कार्यक्रम ल्याइने बताए। 'सरकार साथमा छ भोकै कसैले बस्नु नपरोस् भन्ने गरी काम गरिरहेका छौं', उनले भने, 'हामीले सहयोगी सङ्घसंस्थालाई समेत सहकार्य गर्न आग्रह गरेका छौं। क्षति हेरेर सहयोग हुनेछ।'

- रासस

प्रकाशित: Oct 24, 2021| 09:53 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।