सोमबार, असार २२, २०८३

टी–२० विश्वकप : सुपर १२ को पहिलो खेलमा अष्ट्रेलियाको जित

जारी आईसीसी टी–२० विश्वकपमा अष्ट्रेलियाले सुखद सुरुआत गरेको छ। विश्वकपअन्तर्गत सुपर १२ को पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले हराएर सुखद सुरुआत गरेको हो।
 |  शनिबार, कात्तिक ६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ६, २०७८

काठमाडौं- जारी आईसीसी टी–२० विश्वकपमा अष्ट्रेलियाले सुखद सुरुआत गरेको छ। विश्वकपअन्तर्गत सुपर १२ को पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले हराएर सुखद सुरुआत गरेको हो।

अबु धाबीमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले पुरा ओभर खेल्दै ९ विकेट गुमाएर ११८ रन बनाएको थियो। जवाफी ब्याटिङमा अष्ट्रेलियाले दुई बल बाँकी रहँदै पाँच विकेट गुमाएर ११९ रनको लक्ष्य १२१ रन बनाएर पुरा गर्‍यो।

अफ्रिकाको दुई विकेट लिएका अष्ट्रेलियन खेलाडी जोस हाज्लेवुड प्लेयर अफ दि म्याच बने। खेलमा उनीसँगै माइकल स्टार्क र एडम जम्पाले पनि समान २–२ विकेट लिए। एक विकेट लिनेमा ग्लेन म्याक्सवेल र पट कमिन्स रहे।

अष्ट्रेलियाका पेचिला बलरसामू दक्षिण अफ्रिकाका एडिन मार्करमले सर्वाधिक ४० रन बनाए भने कागिसो रबाडाले १९ रन बनाए। डेविड मिल्नरले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले चाहिँ सम्झनलायक प्रदर्शन गरेनन्।

जवाफी ब्याटिङमा अष्ट्रेलियाले पनि शानदार सुरुआत भने गर्न सकेन। कप्तान आरोनफिन्च शून्य रनमै आउट भए। यता स्टेभेन स्मिथले ३५, ग्लेन म्याक्सवेलले १८ र मार्कस स्टोइनिसले २४ रन बनाए।

दक्षिण अफ्रिकाका एनरिच नोर्कियाले दुई विकेट गिराए। यो जितसँगै अष्ट्रेलियाले २ अंक जोडेको छ। आजको अर्को खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजको सामना गर्दैछ।

प्रकाशित: Oct 23, 2021| 20:33 शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।