शुक्रबार, कात्तिक २८, २०८२

इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा अधिकारी लामाको निधन

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा अधिकारी लामाको शनिबार निधन भएको छ। ब्लड क्यान्सरबाट पीडित लामाको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो।
 |  शनिबार, कात्तिक ६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ६, २०७८

काठमाडौं- सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा अधिकारी लामाको शनिबार निधन भएको छ। ब्लड क्यान्सरबाट पीडित लामाको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो।

National life

५१ वर्षीया लामा लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित थिइन्। पछिल्लो तीन सातायता उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको  थियो। २०७४ को स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन्।

कांग्रेस सिन्धुपाल्चोककी नेतृ रहेकी लामा जिल्ला समिति सदस्यसमेत थिइन्। उनले केही समय जिल्ला पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारीसमेत बहन गरेकी थिइन्। 

लोकतान्त्रिक आन्दोलनमा सक्रिय लामा सिन्धुपाल्चोक कांग्रेसका सभापति विकास लामाकी धर्मपत्नी हुन्। दिवंगत लामाका तीन छोरी छन्। गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाली कांग्रेस सिन्धुपाल्चोकलगायत विभिन्न संघसंस्थाले विज्ञप्ति प्रकाशित गरी लामाको निधनले नेपाली कांग्रेस पार्टीले कर्मठ नेतृत्व र इन्द्रावती गाउँपालिकाले असल जनप्रतिनिधि गुमाएकोमा शोक व्यक्त गरेका छन्।

प्रकाशित: Oct 23, 2021| 16:52 शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।