सोमबार, असार २२, २०८३

मेयर कप भेट्रान फुटबलमा आर्मी र बनिमण्डलको जित

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबारबाट सुरु भएको मेयर कप भेट्रान राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले जित निकालेको छ।
 |  शनिबार, कात्तिक ६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ६, २०७८

काठमाडौं- त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबारबाट सुरु भएको मेयर कप भेट्रान राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले जित निकालेको छ।

विभागीय क्लब आर्मीले फुटबल फेलोसिप क्लबलाई ७-१ गोलले हराएको हो। सो खेलमा आर्मीका विकर्ण श्रेष्ठ म्यान अफ दि म्याच बने।

त्यस्तै, मेयर कपको आजै सम्पन्न दोस्रो खेलमा मनिमण्डलले न्यु रोड टिम एनआरटीलाई हराएको छ। दशरथ रंगशालामा भर्खरै सम्पन्न खेलमा बनिमण्डलले २-० गोलको जित निकालेको हो।

यो प्रतियोगिता फुटबलर्स मिसन टुगेदरले आयोजना गरिरहेको छ। यो संस्था पूर्व राष्ट्रिय  खेलाडीहरुको संस्था हो।

शनिबारबाट सुरु भएको मेयर कप कार्तिक १६ गतेसम्म चल्नेछ। प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गर्नेछन्। ति २१ टिमलाई ७ समूहमा विभाजन गरिएको छ। हरेक समूहको विजेता र एक उत्कृष्ट उपविजेताले अर्को चरण (क्वार्टरफाइनल) मा प्रवेश पाउनेछ।

हरेक समूहमा ४० वर्षमाथिका खेलाडी रहनेछन्। त्यसमा ३५ देखि ४० वर्ष सम्मका तीन खेलाडी पनि समावेश गर्न पाइनेछ। तर, खेल भने ६० मिनेटको हुनेछ भने ७ खेलाडी परिवर्तन गर्न पाइने आयोजकले बताएको छ। यो प्रतियोगिताको विजयी टिमले पाँच लाख र उपविजेताले अढाई लाख पुरस्कार पाउनेछ।

प्रकाशित: Oct 23, 2021| 15:19 शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।