काठमाडौं- उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा कनकाई नगरपालिकाले सानदार जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार सम्पन्न खेलमा कनकाईले महालक्ष्मी नगरपालिकालाई १९-० गोलले हराएको हो।
कनकाईको जितका लागि कुशुम खतिवडाले सर्वाधिक ८ गोल गरिन्। त्यस्तै, दिपा शाहीले ५ गोल गरिन भने सिमरन राई र ममता राउतको नाममा समान २/२ गोल रह्यो। त्यसबाहेक लक्ष्मी श्रेष्ठ र इमा राइको नामामा पनि १/१ गोल रह्यो।
प्रतियोगितामा कनकाईले लगातार दोसो खेलमा जित निकालेको हो। महिला लिग छनोटका लागि ३१ टोलीले भाग लिएका छन्। ती टिमहरुलाई अखिल नेपाल फुटबल संघ एन्फाले १० समूहमा बाँडेको छ।
जारी मेयर कपको विजेता टिम र उपविजेता टिम अर्को आउँदो सिजनको महिला लिगमा प्रतिस्पर्धा गर्न पाउने छन्।