आइतबार, माघ ४, २०८२

उपमेयर कप महिला लिगका लागि धनकुटाको टोली काठमाडौं प्रस्थान

उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिताका लागि धनकुटा नगरपालिकाको टोली काठमाण्डौ प्रस्थान गरेको छ।
 |  शनिबार, कात्तिक ६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ६, २०७८

धनकुटा- उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिताका लागि धनकुटा नगरपालिकाको टोली काठमाण्डौ प्रस्थान गरेको छ। ४ गतेदेखि सुरु भएको लिगमा भाग लिन टोली काठमाण्डौ प्रस्थान गरेको हो। 

National life

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला लिग छनोटको रुपमा आयोजना गरेको प्रतियोगिताको दोस्रो संस्करण एन्फा कम्प्लेक्स सातदोबाटोमा भइरहेको छ। धनकुटा नगरपालिकाको २५ जनाको टोली प्रस्थान गरेको हो।

धनकुटा फुटबल संघको सहकार्यमा धनकुटा नगरपालिकाले खेलाडि छनौट गरेको हो। काठमाण्डौ रहेको टोलिलाई सबै व्यवस्थापन धनकुटा नगरपालिकाले गर्ने जनाइएको छ। 

धनकुटा नगरपालिकाको टोली आगमाी १० गते कैलालीको धनगढी नगरपालिकासँग र १४ गते गोकर्णेश्वर नगरपालिका काठमाडौंसँग प्रतिष्पर्धा गर्ने जनाइएको छ।

उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगितामा सहभागी ३१ टोली सहभागी रहेको र ती टोलीलाई १० समूहमा विभाजन गरिएको एन्फाले जनाएको छ। जसमा समूह ए मा चार र अन्य समूहमा तीन टोली रहेका छन। समूहका विजेता ‘नक आउट’ चरणमा प्रवेश गर्नेछन। २२ कात्तिकमा नक आउट चरणका खेल सुरु हुनेछन। फाइनलमा पुग्ने दुई टोली भने यसै वर्ष हुने राष्ट्रिय महिला लिगमा छनोट हुनेछन।

Laxmi sunrise bank
kumari

गत सिजन राष्ट्रिय लिगमा उत्कृष्ट प्रदर्शन गरेका तीन विभागीय (नेपाल पुलिस, आर्मी, एपीएफ)सहित चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाले प्रतियोगितामा ‘बाई’ पाएका छन। दुई क्लब छनोट भएसँगै अर्को राष्ट्रिय लिग खेल्ने टोली आठ पुग्नेछन। यसपटक छनोट खेलमा प्रत्येक टोलीले चार विभागीय खेलाडी खेलाउन पाउने प्रावधान छ।

उपमेयर कपको विजेताले पाँच लाख र दोस्रो हुने टोलीले तीन लाख पाउनेछ। फेयर प्ले टिमले नगद ५० हजार पाउनेछ। यता, विधागततर्फ उत्कष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २० हजार प्राप्त गर्दा एक सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन। यस्तै प्रत्येक खेलको वुमेन्स अफ दि म्याचले पाँच हजार रुपैयाँ पाउनेछन। -न्युजकारखाना

प्रकाशित: Oct 23, 2021| 11:17 शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।