बुधबार, जेठ २०, २०८३

एकीकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्षमा थापा

नेकपा एकीकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्षमा दैलेखका अम्मरबहादुर थापा मानोनित भएका छन्।
 |  शनिबार, कात्तिक ६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ६, २०७८

सुर्खेत– नेकपा एकीकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्षमा दैलेखका अम्मरबहादुर थापा मानोनित भएका छन्। प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीसमेत रहेका थापालाई शुक्रबार केन्द्रिय कमिटीले प्रदेश अध्यक्षमा मानेनित गरेको हो।

National life

समाजवादीले यसअघि जिल्लादेखि केन्द्रीय कमिटी पुर्नगठन गर्दा कर्णाली प्रदेश कमिटीको अध्यक्ष मानेनित गर्न सकेको थिएन्। थापा यसअघि दैलेखको इञ्चार्ज तोकिएका थिए। उनी प्रदेश अध्यक्ष भएसँगै दैलेख इञ्चार्जको जिम्मेवारी टेकबहादुर खाँडले पाएका छन्। खाँड यसअघि सह–इञ्चार्ज थिए।

समाजवादीले प्रदेश मातहतका अन्य कमिटी र जिल्ला इञ्चार्ज तथा सह–इञ्चार्ज पनि यसअघि नै तोकिसकेको छ। जसअनुसार कर्णाली प्रदेश इञ्चार्जको जिम्मेवारी केन्द्रीय कमिटी उपमहासचिव प्र्रकाश ज्वाला नै लिएका छन्। चन्द्रबहादुर शाही, शेरबहादुर केसी र हंशबहादुर शाही कर्णाली प्रदेश कमिटीको सह–इञ्चार्ज छन्। कर्णाली सम्पर्क कमिटीको इञ्चार्ज तुलाराज सिंखडा तोकिएका छन्। प्रदेश कमिटी सचिवको जिम्मेवारी ठगेन्द्रप्रकाश पुरीले पाएका छन्।

त्यस्तै समाजवादीले कर्णाली प्रदेशका दशै जिल्लाको इञ्चार्ज र सह–इञ्चार्जको जिम्मेवारी पनि यसअघि नै बाँडफाँड गरिसकेको छ। जसअनुसार सुर्खेतमा शिवप्रसाद उपाध्याय, मुगुमा गोपालबहादुर बम, हुम्लामा लोकबहादुर हमाल, रुकुमपश्चिममा देवी ओली, डोल्पामा धनबहादुर बुढाले, जाजरकोटमा कृष्ण बिसी, जुम्लामा देविलाल थापा, सल्यानमा उदयबहादुर बोहरा र कालीकोटमा कुर्मराज शाहीले इञ्चार्जको जिम्मेवारी पाएका छन्।

सुर्खेतमा कुलद्विप भट्ट, लक्ष्मी शर्मा, केदार कंडेल र नन्दा शर्मा चपाई, दैलेखमा सावित्री मल्ल, पार्वती विसुंके, जुम्लामा तिर्थ बुढा र पदमबहादुर रोकाय, जाजरकोटमा रीता रावल, कालीकोटमा विजया विष्ट, सल्यानमा धिरेन्द्रबहादुर श्रेष्ठ र भद्रसिंह बुढामगर, रुकुमपश्चिममा विमल पुन, हुम्लामा शिवराज शर्मा र हस्तबहादुर शाही, मुगुमा चन्द्रबहादुर शाही र राज्यलक्ष्मी बम मल्लले सहइञ्चार्जको जिम्मेवारी पाएका छन्।

Shivam cement

समाजवादीले डोल्पाको सह–इञ्चार्ज भने तोक्न सकेको छैन। कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले नै डोल्पाको सह–इञ्चार्ज पाउने समाजवादीका नेताहरुको दाबी छ।

प्रकाशित: Oct 23, 2021| 10:00 शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।