आइतबार, माघ ४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • टी२० विश्वकप श्रीलंका समूह विजेता, नमिबिया पहिलो पटक सुपर १२ मा

टी२० विश्वकप श्रीलंका समूह विजेता, नमिबिया पहिलो पटक सुपर १२ मा

आईसीसी टी २० विश्वकप २०२१ अन्तर्गत पहिलो चरणको खेलबाट श्रीलंका समूह ए को विजेता बन्दै सुपर १२ मा प्रवेश गरेको छ। उसले लिग चरणमा नामिबया र आयरल्यान्ड्सलाई हराइसकेको थियो।
 |  शनिबार, कात्तिक ६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ६, २०७८

काठमाडौं- आईसीसी टी २० विश्वकप २०२१ अन्तर्गत पहिलो चरणको खेलबाट श्रीलंका समूह ए को विजेता बन्दै सुपर १२ मा प्रवेश गरेको छ। उसले लिग चरणमा नामिबया र आयरल्यान्ड्सलाई हराइसकेको थियो।

National life

र, शुक्रबार राति सम्पन्न अर्को खेलमा उसले नेदरल्यान्ड्सलाई हराउँदै समूह विजेता बनेको हो। अन्तिम खेलमा निकै कमजोर प्रदर्शन गरेको नेदरल्यान्ड्सले १० ओभरमै सम्पूर्ण विकेट गुमाएर ४४ रन बनाएको थियो।

जवाफी ब्याटिङमा ७७ बल बाँकी रहँदै दुई विकेट गुमाएर श्रीलंकाले लक्ष्य भेट्टायो। खेलका क्रममा नेदरल्यान्ड्सका कोलिन एकरम्यानले सर्वाधिक ११ रन बनाए भने श्रीलंकका कुशल परेरा एक्लै ३३ रन जोडेर अविजित रहे।

यता नामिबिया पहिलो पटक विश्वकपको सुपर १२ मा प्रवेश गरेको छ। उसले समूह एको दोस्रो स्थानमा कब्जा जमाउँदै अन्तिम १२ मा स्थान बाएको हो। शुक्रबार रातिको खेलमा उसले आयरल्यान्डलाई ८ विकेटले हराएको थियो।

टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले पूरा ओभर खेल्दै ८ विकेटको क्षतिमा १२५ रन बनाएको थियो। जवाफी ब्याटिङमा ९ बल बाँकी रहँदै नामिबियाले १२६ रनको लक्ष्य पूरा गर्यो।

Laxmi sunrise bank
kumari

नामिबियाको ऐतिासिक जितमा कप्तन गेहार्ड एर्मसले सर्वाधिक ५३ रन बनाए। पहिलो चरण खेल सकिएका छन्। त्यसमा समूह ए बाट श्रीलंका र नामिबिया सुपर १२ मा पुगे भने समूह बी बाट स्कटल्यान्ड र बंगलादेश सुपर १२ मा पुगेका छन्।

स्कटल्यान्ड समूह विजेता बन्दै अन्तिम १२ मा पुगेको हो भने बंगलादेश समूहमा दोस्रो हुँदै अन्तिम १२ मा पुगेको हो। अब अर्को चरणको खेलका लागि स्कटल्यान्ड र नामिबियाले समूह २ मा स्थान बनाएका छन्।

त्यस्तै, बंगलादेश र श्रीलंकाले समूह १ मा स्थान बनाएका छन्। यता, आयरल्यान्ड, नोदरल्यान्ड्स, ओमन र पपुवा न्युगिनी भने पहिलो चरणबाटै बाहिरिएका छन्।

विश्वकपमा आजबाट दोस्रो चरण (सुपर १२) का खेल सुरु हुँदैछन्।


प्रकाशित: Oct 23, 2021| 07:12 शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।