आइतबार, माघ ४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • मोरङको लक्ष्मीमार्गमा कात्तिक ११ गतेदेखि बेलबारी गोल्डकप हुँदै

मोरङको लक्ष्मीमार्गमा कात्तिक ११ गतेदेखि बेलबारी गोल्डकप हुँदै

मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा आगामी कात्तिक ११ गतेदेखि चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ।
 |  शुक्रबार, कात्तिक ५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

विराटनगर- मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा आगामी कात्तिक ११ गतेदेखि चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। 

National life

आयोजक डाँगीहाट युथ क्लबले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरेर कात्तिक १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका बारेमा जानकारी दिएको छ। कोरोनाका कारण मोफसलमा खेलकुदका गतिविधी शून्यप्राय भइरहेका बेला डाँगीहाट युथ क्लबले लक्ष्मीमार्गस्थित मैदानमा गोल्डकप आयोजना गर्न लागेको हो। 

प्रतियोगितामा नेपाल र भारतका ८ वटा टिमको सहभागिता रहने डाँगीहाट युथ क्लबका सल्लाहकार भाइकुमार गुरुङले जानकारी दिए। उनका अनुसार सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौं, हिमालयन शेर्पा क्लब, च्यासल क्लब, आयोजक डीवाईसी मोरङ, रोलिङ क्लब झापा, गाईघाट फुटबल क्लब उदयपुर, राजारानी क्लब धनकुटा र भारतको रोयल फुटबल क्लब सिलिगुडीले प्रतियोगितामा भाग लिने छन्। 

गोल्डकपका आर्थिक समिति संयोजक राजेश बस्नेतले प्रतियोगितामा विजेता टिमले ५ लाख र उपविजेता टिमले २ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार पाउने जानकारी दिए। त्यसबाहेक प्रत्येक खेलमा म्यान अफ दी म्याचले ५ हजार ५ सय, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ३१ हजार, सर्वाधिक गोलकर्ताले २१ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिल्डफिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले ११/११ हजार रूपैयाँ नगद पुरस्कार पाउने उनको भनाइ छ।

प्रकाशित: Oct 22, 2021| 19:00 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।