आइतबार, माघ ४, २०८२

इटालीबाट आएका विकासले च्यासलबाट खेल्ने

इटालीमा खेल्दै आएका नेपाली मूलका फुटबल खेलाडी विकास मेराग्लिया ए डिभिजनको च्यासल युथ क्लबमा आबद्ध भएका छन्।
 |  शुक्रबार, कात्तिक ५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

काठमाडौं– इटालीमा खेल्दै आएका नेपाली मूलका फुटबल खेलाडी विकास मेराग्लिया ए डिभिजनको च्यासल युथ क्लबमा आबद्ध भएका छन्। क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै विकासलाई आबद्ध गरेको घोषणा गरेको हो अब विकासले आसन्न सहिद स्मारक ‘ए डिभिजन लिग’ च्यासल क्लबबाट खेल्नेछन्। 

National life

‘च्यासल युथ क्लबले विगत दुई वर्षदेखि विकासलाई ए डिभिजन लिग खेलाउने प्रयास गरेको थियो। तर हाल आएर सो प्रयास सफल भएको छ। उनलाई भित्र्याउन पाउँदा सम्पूर्ण च्यासल युथ क्लब र सारा नेपाली फुटबल समर्थकहरुमा नै खुसीयाली छाएको छ’, क्लबका अध्यक्ष रमेश व्यञ्जनकारले भने।

विकास गत मंगलबार नेपाल आएका थिए। १८ वर्षीय विकासले इटालीको यु–१६ राष्ट्रिय टोली तथा एटलान्टा क्लबको युथ टिमबाट खेल्दै आएका छन्। विकास ६ वर्षको उमेरमा सन् २००८ मा इटाली गएका थिए। उनी १३ वर्षपछि नेपाल फर्किएर व्यावसायिक फुटबल खेल्न लागेका हुन्।  ए डिभिजन लिग आगामी कात्तिक २९ गतेबाट सुरु हुँदैछ। 


Laxmi sunrise bank
kumari


प्रकाशित: Oct 22, 2021| 16:24 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।