सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कर्णाली प्रदेश सरकारको निर्णय : अन्नबाली क्षति भएका किसानलाई राहत दिने

कर्णाली प्रदेश सरकारको निर्णय : अन्नबाली क्षति भएका किसानलाई राहत दिने

कर्णाली प्रदेश सरकारले बेमौसमी वर्षाका कारण अन्नबालीमा क्षति भएका किसानलाई राहत दिने निर्णय गरेको छ।
 |  मंगलबार, कात्तिक १४, २०७४

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०७४

सुर्खेत- कर्णाली प्रदेश सरकारले बेमौसमी वर्षाका कारण अन्नबालीमा क्षति भएका किसानलाई राहत दिने निर्णय गरेको छ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठक अन्नबालीमा क्षति पुगेका किसानलाई राहत दिने निर्णय गरेको हो। अन्नबालीमा भएको क्षतिको एकिन विवरण संकलन कृषकहरूलाई क्षतिपूर्तिको व्यवस्था गर्ने निर्णय भएको कर्णाली प्रदेश सरकारका प्रवक्ता सीता नेपालीले बताइन्। 

विपद व्यवस्थापन परिषद्को बैठकले बाढीपहिरोलगायतको विपदमा परी निधन भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले गरेको सामूहिक विपद दुर्घटना बीमाबाट प्राप्त हुने दुई लाख रुपैयाँ तत्काल उपलब्ध गराउने र विपदमा परी घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने प्रवक्ता नेपालीले जानकारी दिइन्। 

त्यस्तै, विपदका कारण अवरुद्ध भएका सडक, पुल, खानेपानी, सिंचाइ र विद्युत पूर्वाधारको मर्मतसम्भार गरी तत्काल सुचारु गर्ने र पूर्णरूपमा क्षति भएका घरहरूको विवरण संकलन गरी संघीय र स्थानीय सरकारसँग समन्वय गरी पुनर्निर्माण तथा पुन:स्थापना गर्ने प्रवक्ता नेपालीले बताइन्।

विपदका कारण क्षतिग्रस्त विद्यालय भवन र स्वास्थ्य चौकीका भवनको लगत संकलन गरी पुनर्निर्माणको व्यवस्था मिलाउने निर्णय भएको उनले जानकारी दिइन्। -न्युज कारखाना 

kumari

प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।