मंगलबार, फागुन १९, २०८२

बलात्कार कसुरदार आठ वर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालयले बलात्कारका कसुरदारलाई आठ वर्षपछि धुलिखेलबाट पक्राउ गरेको छ।
 |  शुक्रबार, कात्तिक ५, २०७८

रासस

रासस

शुक्रबार, कात्तिक ५, २०७८

kumari

काभ्रेपलाञ्चोक- जिल्ला प्रहरी कार्यालयले बलात्कारका कसुरदारलाई आठ वर्षपछि धुलिखेलबाट पक्राउ गरेको छ। जबर्जस्ती करणी मुद्दामा १० वर्ष सजाय फैसला गरिएका बेथानचोक गाउँपालिका-४ का ४५ वर्षीय रामहरि राउतलाई प्रहरीले पक्राउ गरेको हो। 

राउतलाई ललितपुर जिल्ला अदालतले २०७० भदौ २६ गते १० वर्ष कैद फैसला सुनाएको थियो। कैद फैसलापश्चात फरार रहेका राउतलाई धुलिखेल नगरपालिका-७ बाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका महतलाई कानुनबमोजिम कैद तथा जरिवाना फस्र्योटका लागि जिल्ला अदालत धुलिखेलमा पेश गरिएको छ। फैसला कार्यान्वयनको सिलसिलामा अदालतबाट प्राप्त लागतमा फरार रहेका प्रतिवादी खोजतलासका क्रममा महत पक्राउ परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले प्रहरी अधिकृतको नेतृत्वमा फरार प्रतिवादी खोजतलास अभियान सञ्चालन गरिरहेको छ।  

प्रकाशित: Oct 22, 2021| 08:18 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।